• Thu. Jun 19th, 2025

भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगिता फागुनको पहिलो साताबाट

BySaptahik Samachar

१६ पुष २०७९, शनिबार १८:१३ १६ पुष २०७९, शनिबार १८:१३ १६ पुष २०७९, शनिबार १८:१३

भद्रपुर,१६ पुस / फागुनको तेस्रो साताबाट सुरु हुने भनिएको भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगिता सम्भवतः फागुनको पहिलो हप्ताबाटै हुने भएको छ।
एन्फासंग समय निर्धारणको क्रममा भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म गरिने लगभग तय भएको गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो। प्रतियोगिताको मिति अघि सारेर तय गरिएसंगै आयोजकलाई खेल मैदान निर्माणदेखि सकुशल सम्पन्नताका निम्ति आर्थिक चटारो पनि त्यत्तिकै सुरू भएको छ। आयोजक समितिका अध्यक्ष ढकाल भन्नुहुन्छ – आर्थिक जोहो गर्न अहिले हामी झापाका स्थानीय तह र उद्योगी व्यवसायी समक्ष प्रस्ताव लिएर गइरहेका छौ। मेची रङ्गशालाको भौतिक संरचना मर्मत सम्भार, खेल मैदानको स्तरीकरण, पार्किङस्थल र आसपासका क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर अहिले काम भइरहेको छ। प्रतियोगिता सम्पन्न गर्न ठूलो धनराशि आवश्यक पर्ने भएकोले आर्थिक जोहो नै अहिलेको हाम्रो प्रमुख चुनौती बनेको अध्यक्ष ढकालले भन्नुभयो ।
त्यसैले, भद्रपुर झापा गोल्डकप २०७९ सफलता पूर्वक संचालनार्थ सहयोगको अपिल गर्दै अध्यक्ष दिपेश ढकाल,उपाध्यक्षद्वय गौरब सुब्बा र डिल्लीकुमार घिमिरे हिक्मत,महासचिव जीवनकुमार श्रेष्ठ ,सल्लाहकार तथा उद्योग बाणिज्य महासंघ प्रदेश एक अध्यक्ष टिकाराज ढकालको संयुक्त टोलीले सहयोगको अपिल सहित निरन्तर आर्थिक अभियान सुरु गरेको छ । सो टोलीले झापाका १५ वटै स्थानीय तह र अन्य उद्योगी व्यवसायीहरूलाई प्रतियोगिता सम्पन्न गर्न सहयोगको अपिल गरिएको आयोजक समितिका उपाध्यक्ष गौरव सुव्वा-मनोजले जानकारी दिनुभयो।

प्रतियोगिता सम्पन्न गर्न स्थानीय खेलप्रेमीहरूलाई न्यूनतम १५ हजार रूपैयाँको आजीवन सदस्य र सो भन्दा बढीको सहभागिताका लागि अनुरोध गरिएको सल्लाहकार समिति सदस्य टिकाराज ढकालले जानकारी गराउनुभयो। रङ्गशालामा भइरहेको मर्मत सम्भार र अन्य क्रियाकलापको बारेमा चासो राख्दै राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव….. समेतले अनुगमन गर्नुभए पछि आफूहरू अझ उत्साहित भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताउनुभयो।
सदस्य सचिव शनिबार मेची रङ्गशालामा आएर फूटबल प्रतियोगितावारे चासो राख्दै पदाधिकारीसंग भेटघाट गर्नुभएको थियो।
प्रतियोगितामा नेपाल र भारतका ए डिभिजनका क्लबहरू सहभागी गराउने तयारी भए पनि कुन कुन टीम सहभागी हुने टुङ्गो लागी नसकेको बरिष्ट उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो।

110 thoughts on “भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगिता फागुनको पहिलो साताबाट”
  1. Cheers. Very good stuff!
    casino en ligne fiable
    Thanks a lot. I like it.
    casino en ligne
    You have made the point!
    meilleur casino en ligne
    Awesome facts, Appreciate it.
    casino en ligne
    Fantastic forum posts. Kudos!
    meilleur casino en ligne
    Thanks! A good amount of stuff!
    casino en ligne
    Kudos! Lots of material!
    casino en ligne
    Seriously tons of great knowledge.
    casino en ligne
    Very good write ups. Thank you.
    casino en ligne
    Whoa lots of useful material.
    casino en ligne

Leave a Reply to Xrvvmfdq Cancel reply

Your email address will not be published. Required fields are marked *