• Tue. Oct 14th, 2025

भद्रपुर जेसीजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

BySaptahik Samachar

२३ आश्विन २०८१, बुधबार १५:३७ २३ आश्विन २०८१, बुधबार १५:३७ २३ आश्विन २०८१, बुधबार १५:३७

भद्रपुर २३,असोज / बडा दशैँ-२०८१ को पूर्वसन्ध्यामा भद्रपुर जेसीजको आयोजना तथा भद्रपुर जुनियर जेसीजको सह आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर-८ स्थित सुकीर्ति टोलमा रहेको स्व.विनेश स्मृति जेसीज भवनमा आज आयोजित कार्यक्रममा विगतमा जस्तै भद्रपुर जेसीजले बडा दशैँ, दीपावली ,छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

भद्रपुर जेसीजका अध्यक्ष टीकाराम पाण्डेको अध्यक्षता र भद्रपुर नगर पालिकाका प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू,मानार्थ सदस्यहरू,
जनप्रतिनिधि र जेसीज र जुनियर जेसीजका सदस्य पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर जेसीजका पूर्व अध्यक्ष तथा भद्रपुर नगर पालिकाका प्रमुख पाेखरेल ,नगर उपप्रमुख राधा कार्की,वडाअध्यक्ष गौरव सुव्वा’मनोज, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेल, पूर्व अध्यक्ष भक्त खवास ,मानार्थ सदस्य दिपेश ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भद्रपुर जेसीजका महासचिव सौरभ ढकालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरज श्रेष्ठको थियो।

114 thoughts on “भद्रपुर जेसीजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

Leave a Reply to WilliamBoign Cancel reply

Your email address will not be published. Required fields are marked *