• Thu. Nov 20th, 2025

भद्रपुरमा स्व.पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ शुरू

BySaptahik Samachar

१५ माघ २०८१, मंगलवार १६:४६ १५ माघ २०८१, मंगलवार १६:४६ १५ माघ २०८१, मंगलवार १६:४६

भद्रपुर १५,माघ / ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरले डोल्मा मेमोरियल इङ्ग्लिस स्कुललाई पराजित गरेको छ ।ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा आजबाट शुरू स्व.परशुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उद्घाटन खेलमा आयोजक ग्यालेक्सीले डोल्मालाई ६-० को गोलको भारी अन्तरले हराउँदै बिजय यात्रा प्रारम्भ गरेको हो।
प्रतियोगितामा मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिका अन्तर्गतका १४ वटा विद्यालयहरू बीच प्रतिष्पर्धा हुँदैछ। कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको अन्तर विद्यालय प्रतियोगिताको आजै भएको दोस्रो खेलमा प्रज्ञा एकेडमीले विर्तामोडको निधि एकेडेमीलाई २-० ले र तेस्रो खेलमा हिमालयन भद्रपुरले नेशनल मेरिगोल्डलाई १-० गोल अन्तरले पराजित गरेको छ।आजको प्रतियोगिताका मेन अफ दि म्याच क्रमशः बिजेता टीमका निमेष राई,सिर्जन तामाङ र श्रीशान्त राई घोषित भए।

यस अघि भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र वडाअध्यक्ष रामप्रसाद दाहालको  बिशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका सञ्चालक विमल अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल र गोमेन्द्र महाविद्यालय विर्तामोडका प्रिन्सिपल उत्तम खनालले स्वर्गीय परशुराम अग्रवालप्रति श्रद्धासुमनसहित प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यार्थी सुबिन गौतमले स्वागत गीत, ग्यालेक्सीका प्रधानाध्यापक रेवत शर्मा ढुङ्गानाले स्वागत मन्तव्य र शिक्षक बिना खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
विजेता र उप विजेतालाई शील्ड, कप र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको यो चौथो संस्करण रहेको ग्यालेक्सी स्कुलका सहायक प्रधानाध्यापक विवेक चम्लागाईंले जानकारी दिनुभयो।

116 thoughts on “भद्रपुरमा स्व.पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ शुरू”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Kuwin Cancel reply

Your email address will not be published. Required fields are marked *