• Mon. Jun 9th, 2025

भद्रपुरमा सिरूवा पर्व संयुक्तरुपमा मनाउने तयारी

BySaptahik Samachar

३० चैत्र २०७९, बिहीबार २१:१६ ३० चैत्र २०७९, बिहीबार २१:१६ ३० चैत्र २०७९, बिहीबार २१:१६

* भद्रपुरमा राजवंशी संग्रहालयको शिलान्यास

* तीन गते नपा.द्वारा स्थानीय विदा

– – – – – गोपाल गिरी
भद्रपुर ३०,चैत /तराईका आदिवासी समुदायको नयाँ वर्ष सिरूवा पावनीको अवसरमा भद्रपुरमा राजवंशी संग्रहालयको शिलान्यास गरिने भएको छ। झापाका आदिबासी राजबंशी , गनगाई, माझी,नाउ ,हलुवाई आदि समुदायले तीन दिन मनाउने नयाँ वर्ष सिरुवा पर्वको मुख्य दिन वैशाख ३ गते रङ्ग खेलेर सिरुवा पर्व मनाइन्छ। सोही दिन आदिबासी राजबंशी भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान भद्रपुरको व्यवस्थापनमा निर्माण हुने संग्रहालयको शिलान्यास गरिने भएको हो।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातिको महान पर्व सिरुवाको पहिलो दिन जल सिरूवा, दोस्रो दिन कादः सिरूवा र तेस्रो दिन रङ्ग सिरुवा मनाइन्छ। वर्ष भरिको एक आपसको द्वेष, ईर्ष्यालाई पखाल्न तथा आफू भित्रको सबै नकारात्मकता, अवगुण र द्वेषहरुलाई पानीले धोई, पखालेर आफू भित्र सितलता सिञ्चन गर्ने हेतुले एक आपसमा पानी छ्यापाछ्याप गर्दै रमाईलो गरी पानी(जल) सिरुवा खेलिन्छ।
सिरुवाको एकदमै महत्वपूर्ण दिन हो-कादः सिरुवा । माटोमै जन्मिएका,माटोमै हुर्किएका र रमाएका, माटोकै कलात्मक संस्कृति झल्कने घरहरू भएका सफा,सुग्घर राजवंशी समुदायले यस दिनलाई अझ बढी महत्त्वका साथ मनाउने गर्दछन्। अशक्त,वृध्द वृध्दा र विरामी बाहेक सबैले हिलोले छ्याप्पै भएर,एक आपसमा हिलो दल्दै कादः सिरुवा खेली ठूला बडाको आशीर्वाद लिने गरिन्छ।
यो दिन केटाकेटी, महिला, पुरुष सबैले उत्साहपूर्वक हिलो खेलेर नाचगान गरी रमाइलो गर्दछन्। माटोले शरीरलाई शितलता प्रदान गर्ने, विभिन्न प्रकारका रोगबाट मुक्ति मिल्ने, चर्मरोग नलाग्ने र वर्षैभरि सुख, शान्ति र समृध्दि छाउने जनविश्वास रहेकोले कादः सिरूवामा हिलो माटोलाई जीवन मानेर खेल्ने गरिएको शिक्षक तथा सञ्चारकर्मी रूमा राजवंशी बताउनु हुन्छ।
तेस्रो दिन अर्थात् अन्तिम दिन विभिन्न रङ्गहरुले आफ्नो जीवनलाई पनि रङ्गीन बनाओस्, हरेक सुख दुःखलाई डटेर मुकाविला गर्ने शक्ति मिलोस् भनेर एक आपसमा रङ खेलेर सिरुवा पर्वको समापन गरिन्छ। समापनको अवसरमा राजवंशी बाहुल्य स्थानहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने गर्दछ। सोही क्रममा भद्रपुरका कोच राजवंशीजन्य विभिन्न जातीय संगठनहरूले यो वर्षदेखि संयुक्त रूपमा सिरूवा पर्व मनाउने र भद्रपुर नगरपालिका र स्थानीय दाता महानुभावहरूबाट निःशुल्क उपलव्ध जग्गामा निर्माण हुने जातीय संग्रहालयको शिलान्यास गर्ने तयारी भएको राजवंशी अगुवा तथा सामाजिक अभियन्ता तुलाराम राजवंशीले जानकारी दिनुभयो।
वडाध्यक्ष रतिया राजवंशीले भन्नुभयो-शिलान्यास कार्यक्रममा जातीय भेषभुषा र पहिरनमा उपस्थित भएर राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन प्रदान गर्ने कार्यक्रम छ।
३दिनसम्म पानी, हिलो र रङको सम्मिश्रण, भगवान कृष्णको जन्मोत्सवको रुपमा मनाइने पर्व सिरुवा परापूर्व कालदेखि नै राजवंशी कोच समुदायले विशेष महत्वका साथ मनाउदै आईरहेका छन् । राजवंशी वाहेक मेचे समुदायले मनाउने बैशागु बथर पर्वलाई समेत मनाउन खातिर भद्रपुर नगर पालिकाले बैशाख ३ गते आईतबार स्थानिय बिदा दिएको छ।
आफ्नो संस्कार, संस्कृतिको संरक्षण, संवर्धन गर्ने र भावी पुस्तालाई हस्तान्तरण गराउँदै लान सकिए मात्रै समृध्द राष्ट्र बन्छ भन्ने सामाजिक अभियन्ता हरूले भद्रपुरमा विहीबार अर्थात् २०७९ को चैत्र मसान्तमा पत्रकार सम्मेलन गर्नुभएको थियो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी,भद्रपुर नगरपालिकाका ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, कोच राजवंशीजन्य जातीय संगठनका अगुवाहरू जगेनलाल राजवंशी, बिजय राजवंशी, पवन राजवंशी र प्रतिष्ठानका सचिव नन्दकुमार राजवंशीले उद्देश्य र उपादेयताका वारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन नवगठित प्रतिष्ठानको विधान मस्यौदा समितिका संयोजक सन्तोष राजवंशीले गर्नुभएको थियो।

213 thoughts on “भद्रपुरमा सिरूवा पर्व संयुक्तरुपमा मनाउने तयारी”
  1. Вам требуется лечение? https://chemodantour.ru лечение хронических заболеваний, восстановление после операций, укрепление иммунитета. Включено всё — от клиники до трансфера и проживания.

  2. Francisk Skorina https://www.gsu.by Gomel State University. One of the leading academic and scientific-research centers of the Belarus. There are 12 Faculties at the University, 2 scientific and research institutes. Higher education in 35 specialities of the 1st degree of education and 22 specialities.

  3. Create vivid images with Promptchan — a powerful neural network for generating art based on text description. Support for SFW and NSFW modes, style customization, quick creation of visual content.

  4. Недвижимость в Болгарии у моря https://byalahome.ru квартиры, дома, апартаменты в курортных городах. Продажа от застройщиков и собственников. Юридическое сопровождение, помощь в оформлении ВНЖ, консультации по инвестициям.

  5. Срочный выкуп квартир https://proday-kvarti.ru за сутки — решим ваш жилищный или финансовый вопрос быстро. Гарантия законности сделки, юридическое сопровождение, помощь на всех этапах. Оценка — бесплатно, оформление — за наш счёт. Обращайтесь — мы всегда на связи и готовы выкупить квартиру.

Leave a Reply to 1win_mvkr Cancel reply

Your email address will not be published. Required fields are marked *