• Wed. Feb 5th, 2025

भद्रपुरमा श्रीकृष्ण रथयात्राको भव्य तयारी

BySaptahik Samachar

१९ भाद्र २०८०, मंगलवार २१:५० १९ भाद्र २०८०, मंगलवार २१:५० १९ भाद्र २०८०, मंगलवार २१:५०

भद्रपुर, १९ भदौ । विगत २१ वर्षदेखि भद्रपुरमा हुँदै आएको रथ यात्रा यस बर्ष अझ भव्यताका साथ मनाइने तयारी भएको छ। भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा आयोजना गरिने रथयात्रा यो वर्ष अझ भव्य र उत्साहपूर्वक मनाउने तयारी भएको आयोजकले जनाएका छन्।
श्रीकृष्ण रथयात्रा उत्सव मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी दिदै रथ यात्रा भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको बताएको हो। मूल समारोह समितिका अध्यक्ष किरण भारतीले गत वर्षभन्दा पृथक र भव्य तरिकाले रथ यात्रा गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार रथमा रङरोगनसँगै सजावटको काम भइरहेको छ ।
लक्ष्मी नारायण मन्दिरबाट बिहीबार बिहान ११ बजेदेखि शुरु हुने रथयात्रा नयाँबजार हुँदै ज्ञानेचोक पुगेर फिर्ता आउने र झापा चोक – भानु चोक – संगम चोक – हस्पिटल चोक –सगरमाथा चोक – किराँत कोलोनी हुँदै बिजुली अफिस – लेखनाथ चोक, चन्द्रगढी बजार परिक्रमा पछि–एसपी मोड,– क्याम्पस मोड – हस्पिटल चोक हुँदै गणेश मन्दिर-जनता चोक भएर भद्रपुर बजार हुँदै पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुने जनाइएको छ । रथयात्रासँगै लाखे नाच र अन्य विभिन्न धार्मिक झाँकीहरू समावेश हुनेछ ।

रथयात्रामा सबै जातजातिको अपनत्व र एकता प्रदर्शन गर्न पनि विभिन्न जातजातिको झाँकी प्रस्तुत हुने समितिले जनाएको छ ।
यस्तै बुधबार जन्माष्टमीका दिन भद्रपुर–५ लक्ष्मीनारायण मन्दिरमा हुने भव्य पूजाको तयारी समेत भइरहेको छ । मन्दिर सजावट, बजार क्षेत्रमा लाइटिङको काम भइरहेको छ ।
मन्दिरमा भक्तजनको आवागमन लगायतको व्यवस्थापनका लागि एक सय जना भन्दा बढी स्वयम् सेवक परिचालन हुनेछन् भने नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने अध्यक्ष भारतीले बताउनुभयो ।
रथ यात्राका लागि समितिका सदस्यहरुले व्यक्तिगत रुपमा र विभिन्न दाताहरुबाट सहयोग संलकन भइरहेको जनाइएको छ । हरेक वर्ष जन्माष्टमीको अवसरमा भद्रपुरमा मेला समेत लाग्ने गर्दछ । पत्रकार सम्मेलनमा अध्यक्ष भारती सहित समितिका सचिव सञ्जय घोष,देवेन्द्र पकुवाल लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

3 thoughts on “भद्रपुरमा श्रीकृष्ण रथयात्राको भव्य तयारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *