• Fri. Nov 21st, 2025

भद्रपुरमा भुस्याहा कुकुरको आतङ्क

BySaptahik Samachar

२५ जेष्ठ २०८२, शनिबार २१:५९ २५ जेष्ठ २०८२, शनिबार २१:५९ २५ जेष्ठ २०८२, शनिबार २१:५९

भद्रपुर २४,जेठ / भुस्याहा कुकुरले भद्रपुरमा आतङ्क मच्चाएको छ । पछिल्लो केही समयदेखि घरमा पालिएका खसी-बाख्रा र कुखुराहरू मार्ने र खाने गरेर भुस्याहा कुकुरले किसानलाई आर्थिक क्षति समेत पुर्‍याउँदै आएको छ।

स्थानीय मानिसहरूले नै संरक्षण गरेका तर व्यवस्थित ढङ्गले तिनको व्यवस्थापन नगरिएका छाडा कुकुरहरूले बाँधेका खसी-बाख्रा र कुखुराहरूलाई टोक्ने , मार्ने र खाने गरेको भेटिएको छ। भद्रपुर-८ स्वर्ण टोल निवासी मित्रप्रसाद अधिकारीको बाख्रालाई त्यस्तै भुस्याहा कुकुरले टोकेर घाइते बनाएको छ। ” बारीमा बाँधेको बाख्रालाई छाडा भुस्याहा कुकुरले टोकेर मार्नै लागेको बेला देखेर मर्नबाट बचायौं तर भुँडी फुटाइसकेको अवस्थामा भेटेको बाख्राको उपचार र सिलाइमा ७० टाँका लागेको छ “- अधिकारीले भन्नुभयो-” गाउँ टोलमा ७/८ वटा खसी-बाख्रा छाडा कुकुरले मारिसकेको छ । “
भुस्याहा कुकुरको बिगबिगी स्वर्ण टोलमा मात्र होइन त्यस वरपरका कनकश्री टोल,पारिजात टोल ,सुकीर्ति टोलमा पनि त्यतिकै छ। कुकुरहरू पाल्ने तर तिनलाई छाडा छोड्‌नाले खसी-बाख्रा र पाठा कुखुरा मात्र होइन मानिसहरूलाई पनि टोकेर हैरान पारेको छ। छाडा र भुस्याहा कुकुरले टोकेपछि अनाहकमा रेबिजको सुई लगाउनु पर्ने बाध्यता हुन्छ। यस्तो पीडा बेहोरेका सुकीर्ति टोलका स्थानीय एक पीडित भन्छन् ” कुकुर पाल्नेले व्यवस्थित ढङ्गले पाल्नु पर्छ, होइन भने छाडा कुकुरलाई नगर पालिकाले व्यवस्थापन गर्नु पर्छ। ” छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन्। कुकुरको टोकाइबाट धेरै घाइते भएका छन्।

कुकुरले बाख्रालाई टोकेर घाइते बनाएलगत्तै उपचार पछि मुस्किलले बाख्राको ज्यान बचाएका अधिकारीले नगरप्रमुख समक्ष पनि भुस्याहा कुकुरको आतङ्कका बारेमा जानकारी गराएको बताउनु भएको छ। समुदायलाई नै पीडित बनाएको कुकुर आतङ्कका बिषयमा नगरपालिकाले  निश्चय पनि कुनै ठोस कदम चाल्नेछ, उहाँको आशा छ ।

11 thoughts on “भद्रपुरमा भुस्याहा कुकुरको आतङ्क”
  1. Hi, I think your site might be having browser compatibility issues. When I look at your website in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, fantastic blog!

  2. Those are yours alright! . We at least need to get these people stealing images to start blogging! They probably just did a image search and grabbed them. They look good though!

  3. First of all I would like too say superb blog! I had a quick question which I’d like to ask if you do
    not mind. I was interested to know how you center yourtself and clear ylur head prior to writing.

    I’ve had trouble clearing my thoughts in getting mmy thoughts out.
    I truly do enjoy writing but itt just seems like the first 10 too 15 minutes are usually wasted simply
    just trying to figure out how to begin. Any recommendations or tips?
    Thqnk you! https://hot-fruits-glassi.blogspot.com/2025/08/hot-fruitsslot.html

  4. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  5. What’s Happening i’m new to this, I stumbled upon this I’ve found It positively helpful and it has aided me out loads. I hope to contribute & aid other users like its aided me. Great job.

Leave a Reply to the brain song Cancel reply

Your email address will not be published. Required fields are marked *