• Thu. Apr 24th, 2025

भद्रपुरमा पहिलो पटक किराँतहरूको अष्टम महायज्ञ सम्पन्न

BySaptahik Samachar

२४ चैत्र २०७८, बिहीबार २१:५३ २४ चैत्र २०७८, बिहीबार २१:५३ २४ चैत्र २०७८, बिहीबार २१:५३

भद्रपुर २४,चैत्र /विश्व शान्ति, मानव एकता र कल्याणका निम्ति झापाको भद्रपुर-२ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा तीन दिने खिवेक्वा उँभौली अष्टम महायज्ञ सम्पन्न भएको छ। किराँत नामपित्लुङ युमा माङहिम भद्रपुर,हल्दिबारी र कचनकवलको संयुक्त आयोजनामा यस प्रकारको धार्मिक सेवा पहिलो पटक झापामा आयोजना भएको हो।
हल्दिबारी गाउँ पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य र धनेन्द्र लिङ्देनको अध्यक्षतामा भएको धार्मिक कार्यक्रममा १६जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो।


पितृहरूको उध्दार र संस्कार संस्कृतिको संरक्षणसंगै जेष्ठ नागरिकको सम्मान कार्यक्रममा सामाजिक व्यक्तित्वहरू नवराज पनेरू”राजु, राधा कार्की, किराँत याक्थुम चुम्लुङ विर्तामोडका अध्यक्ष हिमालप्रकाश कन्दङ्वा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सरस्वती कन्दङ्वाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन विशाल थेवेले गर्नुभएको थियो। चैत्र २२ गतेबाट सो धार्मिक सेवा शुरू भएको सरस्वती कन्दङ्वाले जानकारी दिनुभयो।

4 thoughts on “भद्रपुरमा पहिलो पटक किराँतहरूको अष्टम महायज्ञ सम्पन्न”

Leave a Reply to Kızılay Secret Meeting Point Cancel reply

Your email address will not be published. Required fields are marked *