• Sun. Jun 29th, 2025

भद्रपुरमा कांग्रेसका तर्फबाट प्रमुखमा पोख्रेल लगभग निश्चित

BySaptahik Samachar

२७ चैत्र २०७८, आईतवार ०७:३७ २७ चैत्र २०७८, आईतवार ०७:३७ २७ चैत्र २०७८, आईतवार ०७:३७

भद्रपुर २७,चैत्र /स्थानीय तहको निर्वाचन मिति घोषणा संगसंगै राजनीतिक दलहरूले चुनावी तयारी थालेका छन्। दलहरू अहिले गठबन्धन गर्ने, उपयुक्त र जित्ने उम्मेदवारको पहिचान गर्ने र मतदातालाई आफ्नो पक्षमा पार्न कोठे वैठक, घरदैलो र पार्टी प्रवेश गराएर संगठन विस्तार अभियान चलाई रहेका छन्।
नेपाली कांग्रेसले चुनावी रणनीतिका रूपमा नववर्षलाई अवसरका रूपमा लिदै शुभकामना आदान प्रदान गर्न घरदैलो अभियान सञ्चालन गरेको छ। सिरूवा र रमजान पर्वसंगै नववर्ष 2079 का अवसरमा शुभकामना सहित कांग्रेसका तर्फबाट आ-आफ्ना वडाका सम्भावित उम्मेदवार सहित घरदैलोमा जुटेको पाइन्छ।
भद्रपुरमा नगरपालिकाको मेयरका लागि काँग्रेसका गणेश पोखरेल प्रवल दावेदार मानिएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठको निकटतम प्रतिष्पर्धी रहेका पोखरेल अहिले नेपाली काँग्रेसका ३नं.क्षेत्रीय सभापति हुनुहुन्छ। पार्टी नेता कृष्णप्रसाद सिटौलाका विश्वास पात्र उहाँले टिकट पाउने लगभग निश्चित जस्तै छ।


यद्यपि नगर प्रमुखका लागि पूर्व प्रमुख भारतेन्दुकुमार मल्लिक, भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा रेडक्रसकर्मी भक्त खवास र उपप्रमुखमा उठेर अघिल्लो पटक पराजित हुनुभएका राजेन्द्र घिमिरेको पनि दावी रहेको छ। तर पोखरेलको सामुन्ने उहाँहरूको माग निरीह बन्ने देखिन्छ।
उपप्रमुखमा कांग्रेसले गठबन्धनका लागि भाग छोडे जस्तो देखिएको छ। उसले उपप्रमुखका लागि कसैको नाम प्रचारमा नल्याए पनि गठबन्धन नभएमा भने शर्मिला अधिकारी झाले दावी प्रस्तुत गर्ने सम्भावना देखिएको छ। उपप्रमुखको टिकट नपाउने हो भने आफूलाई वडाध्यक्ष दिनु पर्ने उहाँको मांग छ।

11 thoughts on “भद्रपुरमा कांग्रेसका तर्फबाट प्रमुखमा पोख्रेल लगभग निश्चित”
  1. Эта публикация дает возможность задействовать различные источники информации и представить их в удобной форме. Читатели смогут быстро найти нужные данные и получить ответы на интересующие их вопросы. Мы стремимся к четкости и доступности материала для всех!
    Выяснить больше – https://nakroklinikatest.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *