
भद्रपुर २५,जेठ / भद्रपुर नगरपालिकाले ‘युवा सम्मेलन’ सम्पन्न गरेको छ। ‘युथ समिट’ को ब्यानरमा यस वर्ष यही जेठ २३ र २४ गते गरिएको आयोजन दोस्रो हो । यस अघि २०८० साल जेठ १८ र १९ गते पहिलो युथ समिट भद्रपुर नगरपालिकाले गरेको थियो।
युवाहरूको सशक्तिकरण, नेतृत्व विकास, स्थानीय विकासमा हातेमालो र जलवायु सम्बन्धित शीर्षकमा यस पटक स्थानीय डे-ग्लो ब्याङ्क्वेटमा ‘युथ समिट’ भएको हो।
भद्रपुर नगरपालिका मातहत युवा परिषद्को संयोजनमा परिषद्का अध्यक्ष समेत रहेका नगर प्रमुख गणेश पोखरेलद्वारा उद्घाटित युवा सम्मेलनमा युवाहरूमा सामाजिक दायित्व निर्वाह एवम् सामुदायिक भावनाको विकास गर्ने, जीवनोपयोगी सीप विकास गरी व्यावहारिक जीवन जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने विषयवस्तुउपर व्यापक छलफल र विचार आदानप्रदान भएको परिषद्का सदस्य-सचिव योगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उक्त द्विदिवसीय कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू वैज्ञानिक तथा सामाजिक अभियन्ता, कवि, कलाकार लगायत विभिन्न क्षेत्रमा दक्षता एवम् विज्ञता हासिल गरेका १०जनाले निर्धारित विषयमा नगरका करीब २ सय २० युवा-युवतीलाई सहजीकरण गरेका थिए ।
युथ समिटको पहिलो दिन मोटिभेशन एण्ड लिडरशिपमा डा.सन्देशदास श्रेष्ठ, युथ एण्ड क्लाइमेट एक्सनमा अर्नव चौधरी र पोइट एण्ड पोइट्रीमा नवराज पराजुलीले प्रस्तुतिकरण गर्नु भएको थियो ।
समापनका दिन शनिबार भने २१औं शताब्दीमा विज्ञान विषयमा इन्जिनीयर आरिफ अली, यङ इन्टरप्रिनरशिपमा प्रतीक राउत, युथ इन पोलिटिक्समा सांसद महेश बर्तौला , लिडरशिप एण्ड क्लाइमेट एक्सनमा रजनी थापा, पोलिसी रिफर्म्स एण्ड गुड गभर्नेन्समा सांसद रामहरि खतिवडा र युथ इम्पावरमेन्ट एण्ड लाइफ कोचमा पूर्वमिस नेपाल सुगारिका केसी. ले आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो। ८ बुँदे घोषणापत्र जारी गर्दै।
समिटको अन्त्यमा भद्रपुर-६ निवासी गायक एवम् संगीतकार प्रशान्त शिवाकोटीलाई ‘युवा प्रतिभा सम्मान’ प्रदान गरिएपछि सहभागीहरुलाई प्रमाण-पत्र वितरण गरेर युथ समिट २०८२ को समापन गरिएको थियो
Çengelköy su kaçağı tespiti Su kaçağı sadece maddi değil, aynı zamanda çevresel bir sorundur. http://theanchorandcompass.com/author/kacak/
I am continuously looking online for tips that can facilitate me. Thx!
fantástico este conteúdo. Gostei bastante. Aproveitem e vejam este site. informações, novidades e muito mais. Não deixem de acessar para saber mais. Obrigado a todos e até mais. 🙂
amei este site. Para saber mais detalhes acesse o site e descubra mais. Todas as informações contidas são informações relevantes e exclusivos. Tudo que você precisa saber está ta lá.