• Thu. Mar 19th, 2026

भद्रपुरमा आध्यात्मिक साइकल यात्रा हुँदै

BySaptahik Samachar

३१ असार २०८२, मंगलवार ०५:३० ३१ असार २०८२, मंगलवार ०५:३० ३१ असार २०८२, मंगलवार ०५:३०

भद्रपुर ३१,असार / नेपाल भर मनाइने कोरा-२०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक कोरा आध्यात्मिक यात्रा हुने भएको छ । भद्रपुर साइकल समाज, झापाको आयोजनामा यही साउन ३ गते पहिलो पटक कोरा -२०२५ आयोजना हुने भएको हो ।

भद्र‌पुर नगरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्‌दै गरिने साइकल आध्यात्मिक यात्राले भद्र‌पुरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृ‌द्धिमा सहयोग पुग्ने भद्रपुर साइकल समाजका अध्यक्ष जीवन‌कुमार श्रेष्ठले बताउनुभयो ।

यो आध्यात्मिक यात्रा हो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो, अध्यक्ष श्रेष्ठले भन्नुभयो- ” यो कुनै रेस वा र्याली होइन, यहाँ सबैले जित्ने, सवैका लागि रमाइलो र स्वस्थ समाजका लागि पर्यावरण मैत्री उत्सव हो। यो कोरा च्यालेन्ज हो।”

भद्रपुर नगर पालिकालगायत स्थानीय संघ-संस्थाको सहकार्यमा भद्रपुरका धार्मिक र पर्यटकीय स्थलहरुको परिक्रमा पछि समापन हुने कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति रहने र अग्रज साइकल राइड‌रलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

15 thoughts on “भद्रपुरमा आध्यात्मिक साइकल यात्रा हुँदै”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Just desire to say your article is as surprising. The clearness to your put up is just spectacular and that i can assume you are knowledgeable on this subject. Fine with your permission let me to clutch your RSS feed to keep up to date with imminent post. Thanks 1,000,000 and please carry on the enjoyable work.

Leave a Reply

Your email address will not be published. Required fields are marked *