• Tue. Jul 1st, 2025

भद्रपुरका राजभण्डारी दम्पती भक्तपुरमा दुर्घटनामा, स्वास्थ्यमा सुधार हुँदै

BySaptahik Samachar

१८ पुष २०८१, बिहीबार ०६:४३ १८ पुष २०८१, बिहीबार ०६:४३ १८ पुष २०८१, बिहीबार ०६:४३

भद्रपुर १८,पुस / झापा,भद्रपुरका युवा दम्पती स्कुटर दुर्घटनामा परेर भक्तपुरमा सख्त घाइते भएका छन्। भद्रपुर-८ निवासी निश्चल राजभण्डारी र पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा परेर सख्त घाइते हुनुभएको हो।

नेपाल परिवार नियोजन संघ झापाका सभापति लोकनाथ भट्टराईले सामाजिक सञ्जालमा लेखे अनुसार घाइते दम्पतीको भक्तपुरस्थित इन्टरनेशनल हस्पिटल कौशलटारमा उपचार भइरहेको छ। सोमबार भएको दुर्घटनामा घाइते दुवैजनाको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालको हवाला दिदैं उहाँले जानकारी दिनुभएको छ। दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै मूल घर भद्रपुरमा आई फेरि अस्ट्रेलिया नै फर्कने क्रममा काठमाडौं पुगेका थिए। पारिवारिक स्रोतका अनुसार, राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्कँदै थिए।
अस्ट्रेलिया जानु पूर्व विदेश जाने तयारीमा बजार गई सामान किनेर भक्तपुरको निजी निवासमा  फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्‍याए पछि स्कुटर असन्तुलित भई सो दुर्घटना भएको थियो । घाइते युवा दम्पती नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिकाका निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठ तथा सामाजिक व्यक्तित्व दुर्गा राजभण्डारीका छोरा बुहारी हुनुहुन्छ।साप्ताहिक समाचार परिवार घाइते दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ।

115 thoughts on “भद्रपुरका राजभण्डारी दम्पती भक्तपुरमा दुर्घटनामा, स्वास्थ्यमा सुधार हुँदै”
  1. Usually I don’t read article on blogs, but I would like to say that this write-up very forced me to try and do so! Your writing style has been amazed me. Thanks, quite nice article.

  2. Wonderful blog! I found it while browsing on Yahoo News. Do you have any suggestions on how to get listed in Yahoo News? I’ve been trying for a while but I never seem to get there! Cheers

Leave a Reply to ad-accounts-for-sale.work_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *