• Fri. Aug 15th, 2025

बिर्तामोड राउण्ड टेबलमा नयाँ नेतृत्व

BySaptahik Samachar

२९ श्रावण २०८२, बुधबार २१:४७ २९ श्रावण २०८२, बुधबार २१:४७ २९ श्रावण २०८२, बुधबार २१:४७

भद्रपुर २८, साउन / ‘ बिर्तामोड राउण्ड टेबल’मा नयाँ कार्यसमिति चयन भएको छ । यस वर्षका लागि अध्यक्ष बिकाश अग्रवालको नेतृत्वमा नयाँ कार्यकारिणी गठन भएको हो ।

नवनिर्वाचित टेबल कार्यकारिणी समितिमा रमन गोयल– उपाध्यक्ष, साहिल अग्रवाल– सचिव र सुमित पेरिवाल– कोषाध्यक्ष रहेका छन् ।
दार्जीलिङस्थित इष्टाना रिसोर्टमा हालै सम्पन्न उक्त संस्थाको ८ औं वार्षिक साधारणसभाले निवर्तमान कार्यकालका अध्यक्ष मनोज गोयल र सचिव दीपक मित्तल सहितको कार्यसमितिको प्रशंसा गर्दै अब आगामी दिनहरूमा पनि सामुदायिक सेवामा सहकार्य गर्दै जाने निर्णय गरेको छ ।
बिर्तामोड राउण्ड टेबलले हालसम्म विद्यालय भवनको स्तरोन्नति, रक्तदान लगायतका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाजन्य कार्य गदै आइरहेको छ ।
शिक्षा, स्वास्थ्य र पर्यावरण जस्ता सामुदायिक सेवामा सक्रिय रहँदै आएको ‘राउण्ड टेबल नेपाल’ अन्तर्गतका ३२ च्याप्टरमध्ये ‘बिर्तामोड राउण्ड टेबल’ एक हो । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने ‘राउण्ड टेबल’को उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु हो ।
विश्वका ६० भन्दा बढी देशमा फैलिएको युवा पेशेवरहरूको गैर–राजनीतिक र गैर–धार्मिक संस्था ‘राउण्ड टेबल इन्टरनेशनल’ गैरनाफामूलक संस्था हो, जसले नेपालमा ‘राउण्ड टेबल नेपाल’ मार्फत विभिन्न जिल्लामा सामाजिक काम गरिरहेको छ ।
सन् १९९९ मा नेपालमा स्थापना भएको राउण्ड टेबलको हालसम्म नेपालभर ३२ च्याप्टर सञ्चालनमा छन् । यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रीडम थ्रु एजुकेशन’ अभियान सञ्चालन गरिरहेको छ ।
यो समुदायमुखी संस्थाले शिक्षा क्षेत्रमा देशका कतिपय स्थानमा विपन्न वर्गका विद्यार्थीहरुको शिक्षाको लागि विद्यालय सञ्चालन गर्न ३ सय ४८ कक्षा कोठा सहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । कतिपय दुर्गम स्थानमा समग्र विद्यालय भवन नै निर्माणदेखि लिएर यो परोपकारी संस्थाले आवश्यकता अनुसार पाठ्यपुस्तकहरु वितरणका साथै शैक्षिक सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।
राउण्ड टेबल नेपालले कक्षा–१२ सम्म पढाइ हुने विद्यालय निर्माणमा हालसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको जनाइएको छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि रक्तदान लगायतका स्वास्थ्य शिविरहरुका साथै विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष ४ देखि ५ हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै यो संस्थाले रगत फेर्नु पर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुको उपचार प्रक्रियामा समेत ४ वर्षदेखि सघाउँदै आएको छ ।
विगतमा कोरोना महामारीका बेला यस संस्थाले लगभग ४० लाख मूल्य बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरूलाई हस्तान्तरण गरेको थियो ।
विश्वभरका राउण्ड टेबलहरुमध्येबाट राउण्ड टेबल नेपाल ‘बेस्ट एसोसिएशन अवार्ड २०१७–१८’ बाट सम्मानित भइसकेको छ ।

15 thoughts on “बिर्तामोड राउण्ड टेबलमा नयाँ नेतृत्व”
  1. From the earthy charm of Travertine to the opulence of Calacatta Viola and the cool sophistication of Grey Marble, FOR U STONE’s collection celebrates the artistry of nature. Ideal for statement walls, luxury kitchens, serene bathrooms, and bespoke furniture, our stones add both texture and timeless elegance to any space.

Leave a Reply

Your email address will not be published. Required fields are marked *