• Mon. Jun 9th, 2025

बालिका कुटपिट गर्नेलाई कार्वाही भएन-नगर प्रमुख

BySaptahik Samachar

९ आश्विन २०७८, शनिबार १२:४७ ९ आश्विन २०७८, शनिबार १२:४७ ९ आश्विन २०७८, शनिबार १२:४७

साप्ताहिक समाचारदाता – – – – – – – – – –

भद्रपुर ९ असोज /’झापाको भद्रपुरमा एघार वर्षीय वालिकालाई बाँधेर कुटपिट भएको घटनाको उजुरी उपर प्रशासन गम्भीर भएन । बाख्राले बाली खाएको निहुँमा बालिकालाई बाँधेर कुटपिट गर्ने विरूध्दको उजुरीमा प्रशासनले कार्वाही गरेन।’ प्रदेश-१ मा नै पहिलो पटक बालमैत्री नगर घोषणा भएको झापाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको चित्त दुखाइ हो यो।
बालिका कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा उजुरी दिए पनि कुनै कारबाही नभएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । भद्रपुर-५ की ११ बर्षीया कविता राजवंशीमाथि स्थानीय कृषि फर्ममा काम गर्ने ३० वर्षीय अनिल पौडेलले गत बुधबार उनी कार्यरत कृषि फर्म भित्र पसेर बाख्राले बाली खायो भन्ने निहुँमा खम्बामा बाँधेर कुटपिट गरेका थिए ।

सुनसरीको इनरुवा घर भएका पौडेलले खम्बामा बाँधेर बालिकालाई कुटपिट गरेकाले दोषीउपर कार्वाही गर्न नगर बाल सञ्जालले उजुरी गरेको बाल सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलले बताउनुभयो । बालबालिकाको स्वतन्त्र रूपमा बाँच्न पाउने संवैधानिक हकको हनन भएको हुँदा आवश्यक छानबिन गरी कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न सञ्जालको माग छ।
‘बाख्राले बाली खाएकै निहुमा बाँधेर कुटपिट गरेको यो घटना अमानवीय छ र कार्वाही नहुँदा दुःख लागेको छ’ भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ भन्नुहुन्छ ‘बालिकाको घरमा बाख्रा छैन, अर्कैको बाख्राले बाली खाएको थियो। तर पौडेलले बालिकाकै बाख्राले बाली खाएको भन्दै निर्घात कुटपिट गरेको घटना हो यो। घटना पछि बालिका कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही अघि बढेन – उहाँको दुखेसो छ।
बालिका कुटपिट गर्नेले उनका घरमा आएर उजुरी नहाल्न चेतावनी दिएको पाइएपछि नगर बाल सञ्जालका तर्फबाट उजुरी गरिएको सञ्जाल अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

111 thoughts on “बालिका कुटपिट गर्नेलाई कार्वाही भएन-नगर प्रमुख”
  1. Этот информативный текст выделяется своими захватывающими аспектами, которые делают сложные темы доступными и понятными. Мы стремимся предложить читателям глубину знаний вместе с разнообразием интересных фактов. Откройте новые горизонты и развивайте свои способности познавать мир!
    Узнать больше – https://medalkoblog.ru/

Leave a Reply to HectorNip Cancel reply

Your email address will not be published. Required fields are marked *