प्रतियोगिताको मुख्य प्रायोजक चौधरी ग्रुप

भद्रपुर १०,माघ / मेची रंगशालामा फाल्गुण ७ गतेदेखि संचालन हुने प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य ढकाल बन्धुहरूले गर्ने भएका छन्। सो गोल्डकप प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रू.१३ लाख छ।
प्रथम पुरस्कारको रकम राशि उपलब्ध गराउन गोल्डकप आयोजना गर्न उत्प्रेरणा प्रदान गर्नु हुने र भद्रपुर झापा गोल्डकप सफल तुल्याउन अतुलनीय योगदान गरिरहनु भएका सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष तथा FNCCI का पूर्व अध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एवम् समाजसेवी नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा भद्रपुर झापा गोल्ड कप प्रतियोगिताका सल्लाहकार टिकाराज ढकाल तथा एक्सल बैंक संचालक समितिका पूर्व अध्यक्ष, हेरिटेज चिया उद्योगका प्रोप्राइटर,हेरिटेज मेट्रेस/कार्पेट/फर्म उद्योग प्रालिका अध्यक्ष एवम् उद्योग बाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य तथा युवा उद्यमी हेमराज ढकालसमेतको तर्फबाट घोषणा भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो।उहाँहरू एका घरका दाजुभाइ हुनुहुन्छ।

प्रात:स्मरणीय माता रामरेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा प्रथम पुरस्कारको धनराशि रु. १३ लाख प्रदान गर्ने उहाँहरूले प्रतिबध्दता गर्नुभएको अध्यक्ष ढकालले साप्ताहिक समाचारलाई जानकारी गराउनुभयो ।
भद्रपुर नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेर भद्रपुरस्थित मेची रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्ने तयारी पछि प्रतियोगितालाई सफल पार्न सौर्य एयरलाइन्सका सञ्चालक दिपक पोखरेलले १० लाख सहयोग गर्ने बचनबध्दता प्रकट गर्नुभएको छ – आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै पराजुली टि.इण्डष्ट्रीज प्रालि. , त्रिशक्ति ग्यास प्रा.लि. तथा पराजुली वायोमेक्स इण्डष्ट्रीज प्रालिका मेनेजिङ्ग डाइरेक्टर , सि.टि.सि. र अर्थोडक्स चियाका सर्वाधिक उत्पादक, राष्ट्रिय पुरस्कारले सम्मानित युवा उद्यमी,समाजसेवी तथा आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ट उपाध्यक्ष आदित्य पराजुलीले प्रतियोगिताकालागि रू. पाँच लाख पाँच हजार सहयोग उपलब्ध गराएको गोल्ड कप आयोजक समितिले जनाएको छ।

भद्रपुर नगरपालिकाको संरक्षकत्व र झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा २०७९ फाल्गुण ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुँदैछ। विजेतालाई मोफसलकै सर्वाधिक नगद पुरस्कार रू. १३ लाख र उपविजेतालाई ७ लाख रुपैया सहित ट्रफी/मेडल/प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। प्रतियोगितामा नेपाल र भारतका ए डिभिजन क्लवका साथै क्यामरुनको टोली समेत सहभागी हुने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो।
प्रतियोगिता सम्पन्न गर्न अहिले विभिन्न महानुभावहरूले नगद सहयोग गरिरहेको र स्वच्छिकरूपमा रू. १५ हजारको आजीवन सदस्यता लिने क्रम उत्साहका साथ जारी रहेको पनि आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजकमा चौधरी ग्रुप रहेको आयोजक समितिका उपाध्यक्ष गौरव सुव्वा-मनोजले जानकारी दिनुभयो। चौधरी ग्रुपलाई आयोजकले गरेको अनुरोध स्वीकार गरेको उहाँले जानकारी दिनुभयो। चौधरी ग्रुपले १७ लाख बढी नै लगानी गर्न सक्छ, उहाँले भन्नुभयो।

Your article helped me a lot, is there any more related content? Thanks!
Your article helped me a lot, is there any more related content? Thanks!
Your article helped me a lot, is there any more related content? Thanks!
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Gerçek profiller, hızlı iletişim ve güvenilir hizmet. Çankaya Escort ararken başka bir adrese ihtiyacınız olmayacak.
Yıllardır farklı platformlar denedim ama böyle bir Ankara Escort hizmet kalitesine ilk defa rastladım. Kesinlikle güvenle tavsiye ederim.
Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchsòng bạc tiền điện tử
Biopsi Punchları kategorisinden alışveriş yaptım. Biopsi Punchları ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Yara Örtüleri kategorisinden alışveriş yaptım. Yara Örtüleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.