• Thu. Sep 4th, 2025

प्रादेशिक अस्पतालको सय मिटर वरपर सुर्तीजन्य बस्तु र मादक पदार्थ बेचबिखनमा निषेध

BySaptahik Samachar

२ श्रावण २०८०, मंगलवार १९:०५ २ श्रावण २०८०, मंगलवार १९:०५ २ श्रावण २०८०, मंगलवार १९:०५

बेचबिखन गरेको भेटिए ठाउँको ठाउँ दश हजार रुपैयाँ जरिवाना

भद्रपुर, २ साउन । प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरको परिधिभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ ।
भद्रपुर, ८ नम्वर वडा कार्यालयले अस्पताल वरिपरिका पसललाई बेचबिखन बन्द गर्न भदौ १ गतेसम्मको म्याद दिएको छ ।
वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले भदौ १ गतेदेखि बेचबिखन गरेको भेटिए ठाउँको ठाउँ दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको बताउनुभयो ।

‘अस्पताल वरिपरि सुर्तीजन्य तथा मदिरा बेचबिखन गर्न नपाउने कानून छ,’ वडाध्यक्ष सुब्बाले भन्नुभयो–` कानुन कार्यान्वयन गर्दै सरोकारवाला सवैलाई नियमको पालना गर्न आग्रह गरेका छौं, तर, बेचबिखनमा त्यहाँका व्यवसायीहरुले अटेर गरे जरिबानासम्म गर्न बाध्य हुने गरी वडा कार्यालय अगाडि बढेको हो । ‘

स्थानीयबासीका अनुसार प्रादेशिक अस्पताल भद्रपुरको सय मिटर वरपर एक दर्जनभन्दा बढी पसलमा मदिरा र अधिकांश पसलमा गुट्खा तथा चुरोट विक्री हुने गरेको छ ।
वडा कार्यालयले मङ्गलबार अस्पताल वरपर सुर्तीजन्य तथा मादक पदार्थको विक्रीमा प्रतिबन्ध लगाइएको बारेमा सरोकारवाला सबैलाई जानकारी गराउँदै स्टीकर तथा सचेतना बोर्डहरू राखेको छ ।
प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्य तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीलगायत प्रादेशिक अस्पतालका प्रतिनिधि डाक्टर रामबावू खड्का, वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष बुढाथोकी एवम् सरोकारवाला उपस्थित बैठकको अध्यक्षता वडाध्यक्ष सुब्बाले गर्नुभएको थियो।
अधिवक्ता कुलप्रसाद दाहालले सुर्तीजन्य र मादक पदार्थको विक्री वितरण र सेवन सम्वन्धी कानुनी व्यवस्थाका बारेमा प्रकाश पारेको बैठकमा उपस्थित सरोकारवालाले विभिन्न सुझावहरू राखेका थिए। वडाले गठन गरेको अनुगमन तथा व्यवस्थापन समितिका सदस्य केदार महतको सञ्चालन र वडा सदस्य भगवती बस्नेतले स्वागत गरेको बैठकमा उपस्थित जनसमुदायले ऐक्यबध्दता सहित अभियानको खुलेर प्रशंसा गर्दै यसलाई नगरभरि नै विस्तार गर्न सुझाएका थिए।

मदिरा खुलेआम जहाँतही पाउने भएकाले कतिपय व्यक्ति मातेरै अस्पतालभित्र पस्ने र स्वास्थ्यकर्मीलाई धम्क्याउने क्रियाकलाप बढेको स्वास्थ्यकर्मीहरुले विगतदेखि नै गुनासो गर्दै आएका छन् । वडा कार्यालयको यस अभियानलाई सफल पारेर कम्तिमा अस्पतालमा हुने अप्रिय घटना न्यून गर्न तथा अन्य क्षेत्रमा पनि यस्ता बस्तुको बेचबिखन र सेवनलाई निषेध गर्दै जाने लक्ष्य राखेको नगरप्रमुख पोखरेलले ‘ साप्ताहिक समाचार ‘ संग व्यक्त गर्नुभएको छ ।

40 thoughts on “प्रादेशिक अस्पतालको सय मिटर वरपर सुर्तीजन्य बस्तु र मादक पदार्थ बेचबिखनमा निषेध”
  1. Эта статья сочетает в себе как полезные, так и интересные сведения, которые обогатят ваше понимание насущных тем. Мы предлагаем практические советы и рекомендации, которые легко внедрить в повседневную жизнь. Узнайте, как улучшить свои навыки и обогатить свой опыт с помощью простых, но эффективных решений.
    Узнать больше – https://medalkoblog.ru/

  2. Greetings, have tried to subscribe to this websites rss feed but I am having a bit of a problem. Can anyone kindly tell me what to do?’

  3. Transakcje w kasynie Vavada, Gracze mogą szybko wpłacać, wypłacać i przelewać środki między kontami. Wystarczy numer konta odbiorcy. Dostępne metody płatności: Karty: Visa, Mastercard, Systemy płatności: P2P, Card by Crypto, SEPA, Rapid Transfer, E-portfele: Neteller, Skrill, MuchBetter, Jeton Wallet, Piastrix, VOV Wallet, Kryptowaluty: Bitcoin, Ethereum, Litecoin, Tether, BNB, Tron

Leave a Reply

Your email address will not be published. Required fields are marked *