• Mon. Jan 26th, 2026

प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि

BySaptahik Samachar

१० माघ २०८२, शुक्रबार १७:२० १० माघ २०८२, शुक्रबार १७:२० १० माघ २०८२, शुक्रबार १७:२०

भद्रपुर ९, माघ / भद्रपुर साइकल समाजको आयोजनामा भद्रपुरमा पहिलो पटक किड्स साइक्लोथन–२०८२ आयोजना हुँदैछ ।
मुलुककै पाचौं  तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुरमा पहिलाे पटक किड्स साइक्लोथन आयाेजना हुने भएकाे हाे ।
    ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइ पहिलोपटक ऐतिहासिक साइकल दौड प्रतियोगिता “प्रथम भद्रपुर किड्स साइक्लोथन–२०८२” आयोजना हुन गइरहेको भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता भोलि मिति माघ १० गते शनिबार बिहान हुनेछ। प्रतियोगिता महिला र पुरुष दुई समूहमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार महेन्द्र पार्क (महेन्द्र उद्यान), गायत्री मन्दिर ,गार्मेन्ट चोक, बोक्तोबारी हुँदै →मन्त्री चोक→पूर्व झापा चोक र मुख्य सडक हुँदै ११.११ किमि पुरा गरी महेन्द्र उद्यानमा पुगेर फिनिसिङ गरिने छ।
महिला तथा पुरुष दुवै तर्फ प्रथम: रु. ३,०००/- + प्रमाणपत्र,द्वितीय रु. २,०००/- + प्रमाणपत्र,तृतीय रु. १,०००/- + प्रमाणपत्र तथा चौथोदेखि दशौंसम्मलाई रु. ५००/- सान्त्वना पुरस्कार + प्रमाणपत्र पुरस्कार स्वरूप दिइने आयोजकले जनाएका छन्।

15 thoughts on “प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि”
  1. वाह, भद्रपुरमा पहिलो पटक किड्स साइकल दौड! यो एक राम्रो आयोजना हो र बालबालिकालाई साइकल चलाउने सजाय दिन्छ।

Leave a Reply to 8acbet 8acbet Cancel reply

Your email address will not be published. Required fields are marked *