• Tue. Sep 17th, 2024

प्रतिष्ठित उद्योगी ढकाललाई उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान

BySaptahik Samachar

१९ भाद्र २०८१, बुधबार २०:११ १९ भाद्र २०८१, बुधबार २०:११ १९ भाद्र २०८१, बुधबार २०:११

पत्रकार वराल सहित कर्मचारीहरू पनि सम्मानित

भद्रपुर १९, भदौ / झापा भद्रपुरका प्रतिष्ठित उद्योगी दिपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको छ ।
आफ्नो कुशल नेतृत्वदायी भूमिका सहित समाजको चौतर्फी विकासमा पुर्‍याएको योगदानको कदर गर्दै भद्रपुर झापा गोल्डकप र झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष ढकाललाई भद्रपुरमा बुधबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध उहाँ रोटरी क्लब भद्रपुरका पूर्वअध्यक्ष हुनुहुन्छ भने सामाजिक क्रियाकलाप र विशेष गरेर खेलकुदको गतिविधिमा बढी नै अग्रसर हुँदै आउनुभएको छ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँसहित मेची आवाज साप्ताहिकका सम्पादक तथा प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल र उत्कृष्ट कर्मचारी तथा सेवा निवृत्त कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ।
नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्य र भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा युनियनका सचिव भानुभक्त भट्टराई र युनियनका जिल्ला अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओडाउँदै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सम्मानित हुने उत्कृष्ट कर्मचारीहरूमा
भद्रपुर नगरपालिकाकी सिनियर अ.हे.व. उमा रेग्मी-भट्टराई, जिल्ला हुलाक कार्यालय झापाका हुलाकी सत्यनारायण गणेशका साथै अवकास प्राप्त कर्मचारीहरू विद्यालय निरीक्षक हरिप्रसाद मिश्र, ज्ञान बहादुर पौडेल, दिनेशकुमार आचार्य , शाखा अधिकृत रेखनाथ दाहाल, जनस्वास्थ निरीक्षकहरू नेत्रप्रसाद दाहाल, विजयकुमार झा,लेखापाल गणेशप्रसाद सिटौला,ज्योति दाहाल, सि.अ.न.मी पद्माकुमारी भट्टराई तथा वन रक्षकद्वय पर्शुराम काफ्ले र हरि प्रसाद काफ्लेलाई पनि सम्मान गरिएको छ।

14 thoughts on “प्रतिष्ठित उद्योगी ढकाललाई उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान”
  1. У моей жены тоже были проблемы, мой друг прислал мне ссылку на этот сайт экстрасенсов в Турции, они сделали процедуру, и она прошла успешно, они порекомендовали ее нам, и результат был превосходным.

Leave a Reply

Your email address will not be published. Required fields are marked *