• Thu. Sep 19th, 2024

पौडी खेल्न गएका भद्रपुरका दुई किशोर बेपत्ताःएकको शव भेटियो

BySaptahik Samachar

२४ भाद्र २०८१, सोमबार १७:३१ २४ भाद्र २०८१, सोमबार १७:३१ २४ भाद्र २०८१, सोमबार १७:३१

भद्रपुर २४, भदौ / झापा शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् ।

सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिनुभयो । भद्रपुर- ५ बस्ने १५ वर्षीय प्रदिप राई र १५ वर्षीय फिरु शेख बेपत्ता भएका हुन् ।

‘पौडी खेल्न चारजना पसेका थिए । दुईजना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सकेनन्’ फुयलले भने । बेपत्ता भएका दुई किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा पुगेका छन् । उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए । यो समाचार तयार पार्दासम्म उनीहरूको अवस्था अज्ञात छ ।

पछिल्लो जानकारीअनुसार दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो ।

उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् । उनीहरू दिउँसो दुई बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका थिए ।

14 thoughts on “पौडी खेल्न गएका भद्रपुरका दुई किशोर बेपत्ताःएकको शव भेटियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *