• Thu. Nov 13th, 2025

पृथ्वी जयन्तीमा नमुना स्कुलको ५५ औं वार्षिकोत्सव सम्पन्न

BySaptahik Samachar

२७ पुष २०८०, शुक्रबार १७:४८ २७ पुष २०८०, शुक्रबार १७:४८ २७ पुष २०८०, शुक्रबार १७:४८

भद्रपुर २७ पुस / एकता दिवसको अवसरमा भद्रपुर – ८ स्थित पृथ्वी आधारभूत विद्यालय (नमूना स्कुल) को ५५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी समापन गरिएको छ।
पृथ्वीनारायण शाहको जन्म भएको पुस २७ गते स्थापना भएको सो विद्यालयमा ३ सय २ औं पृथ्वी जयन्तीका अवसरमा त्यहाँ रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्दै सुरू गरिएको वार्षिकोत्सव कार्यक्रममा विद्यालयका दाता महानुभावहरूलाई सम्मान, विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति र पोशाकहरू वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त खवासको अध्यक्षता र नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद मोहन महर्जन, नगर उपप्रमुख राधा कार्की, वडा अध्यक्ष गौरव सुव्वा ‘मनोज’, शिक्षक अभिभावक संघका अध्यक्ष रन्जीतसिंह राजवंशी,अरनिको माविका प्रधानाध्यापक पुरूषोत्तम खरेल, दाता समाजसेवीहरू सञ्जय भुँइमाली, शुशिला कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सो विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय वाणिज्य वैंकले एक लाख ५०हजार,माछापुच्छ्रे बैंकले एक लाख रुपैयाँ बराबरको खेलकुदको सामग्री, सिद्धार्थ बैंकले ५० हजार रूपैयाँ बराबरको डेक्स बेन्च उपलव्ध गराएको छ। विद्यालयकी प्रधानाध्यापक रमा गौतम-भट्टराईले प्रतिवेदन सार्वजनिक गर्दै डाक्टर आनन्द श्रेष्ठ, धरणी शर्मा नेउपाने, लेखनाथ भट्टराई, कोपिला आचार्य, बलराम गिरी, शुशिला कार्की, सञ्जय-भावना क्षेत्री, एशियन प्लाई उद्योग तथा पूजा चापागाईं र प्रकाश बजगाईं लगायतका सहयोग गर्ने दाता एवं संघ संस्थाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा सहयोगदाताहरूलाई सम्मान पत्र र प्रत्येक वर्ष प्रदान गरिने स्व. ओमप्रकाश गोयल छात्रवृत्ति वितरण गरिनुका साथै विद्यार्थीहरूले सांस्कृतिक मनोरञ्जन पनि गराएका थिए।

विद्यालयकी शिक्षक विना मोते र निजी शिक्षक शारदा ढुङ्गानालाई पुरस्कृत गरिएको कार्यक्रममा स्वागत मन्तव्य बाल क्लव अध्यक्ष करूणामय मण्डलले र संचालन शिक्षक सन्जिता निरौलाले गर्नुभएको थियो।

13 thoughts on “पृथ्वी जयन्तीमा नमुना स्कुलको ५५ औं वार्षिकोत्सव सम्पन्न”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *