
भद्रपुर / सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सर्वसम्मतरूपमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय उक्त बैठकले गरेपनि अझै तोकिएको समयमा नियमित महाधिवेशन हुन्छ भन्ने कुरामा कांग्रेसका नेता तथा कार्यकर्ताहरू भने विश्वस्त बनिसकेको अवस्था छैन । अझै पनि विशेष महाधिवेशन पक्षले पुसमा महाधिवेशन हुने विषयमा आशंका व्यक्त गरिरहेका छन् ।
विशेष महाधिवेशन पक्षधरले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय सकारात्मक उपलब्धिका रूपमा लिँदै विशेष महाधिवेशन रोक्नमात्र यस्तो गरिएको हो भन्ने नबनाउन आग्रह गरेको छन् ।
‘विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबावस्वरूप यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमा महाधिवेशन गर्न खोजिएको हो ? समय क्रमले जवाफ दिने छ’, विशेष महाधिवेशन पक्षधरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका दुई हजार ४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४ दशमलव आठ प्रतिशत)ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएपछि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यो निवेदन केवल दबाबको अस्त्र मात्र नभई समयमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सदस्यको निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेख गर्दै वक्तव्यमा केन्द्रीय समितिले प्रस्ताव गरेको आगामी पुस २६-२८ को महाधिवेशन मिति पूर्वपार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमा अव्यावहारिक र अवैज्ञानिक देखिएको हस्ताक्षरकर्ताको नेतृत्व गरेका कांग्रेस नेता गुरुराज घिमिरेले बताउनु भयो ।
कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृङ्खलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहनुका साथै विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको उहाँले बताउनुभयो।
यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न नहुने संकेत देखा परे विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताउनु भयो । सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी नेतृत्वमा देखिएको द्विविधामाथि धारणा व्यक्त गरनुभएको हो ।
आगामी पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्यसमेत प्रष्ट नभएको हस्ताक्षरकर्ताको भनाइ छ । एकजुट भएर १५ औँ महाधिवेशनलाई समयमा सम्पन्न गर्न सक्रियता पूर्वक सहभागी हुन पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले समर्थक एवं शुभेच्छुकमा आग्रह गरेका छन् । यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनका लागि तयार रहनसमेत उहाँहरूले आह्वान गरनु भएको छ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई वटा समूह देखिएको थियो । विशेष गरेर सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले फागुन २१ गतेको सभापति देउवाको नेतृत्वमा जाने र त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका थिए भने संस्थापनइतर समूह भने देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भएकाले विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिवर्तन गरेर जानुपर्ने पक्षमा लागेका थिए । यही विषयमा कुरा नमिल्दा कांग्रेसकै नेताहरु दुई धारमा बाँडिन थालेपछि सभापति देउवा आफैंले अग्रसरता देखाएर महाधिवेशन मिति टुङ्गोमा पुर्याउनु भएको छ। यस कुराले सभापति देउवाप्रति कांग्रेसको एउटा ठूलो समूह सकारात्मक बनेको पनि देखिन्छ बरु देउवालाई गलत सल्लाह दिने झापाली नेता कृष्णप्रसाद सिटौला हरुप्रति भने झापाको ठूलो समूह नकारात्मक बन्दै गएको छ।
झापा कांग्रेसमा ५१% महाधिवेशन प्रतिनिधिको हस्ताक्षर
नेपाली कांग्रेस झापा जिल्लाबाट विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरू
क्षेत्र नं. १
इन्द्रबहादुर बुढाथोकी, राम कट्टेल, प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, अशोककुमार पोखरेल, लोकराज ढकाल, पुष्पराज पौडेल, खड्गबहादुर धिमाल, कालु मेचे, दुर्गादेवी खतिवडा, चन्द्रकला भट्टराई, सुशीला रिजाल, शोभा श्रेष्ठ नेम्वाङ, डम्बरकुमारी थापामगर, टीका सुवेदी, धर्मराज घिमिरे, रोहितकुमार बुढाथोकी, पोषक दर्जी, गौतम मजुम्दार “विकी”, विमल आचार्य, धर्मराज भण्डारी ।
क्षेत्र नं. २
टीकाप्रसाद प्रसाईं, उमा शिवाकोटी, दीपेन्द्र ढकाल, भूमा घिमिरे, अनोज खड्का, पुण्यप्रसाद ओझा, रमेशकुमार भुजेल, लीलादेवी कटुवाल ।
क्षेत्र नं. ३
कृष्णप्रसाद प्रसाईं, बडाराम हेमरम, मनोज सुब्बा, शीला तामाङ, तारादेवी बाह्रकोटी, डम्बरसिंह सिंगु ।
क्षेत्र नं. ४
उत्तमबहादुर चौँलागाईं, सीताराम भट्टराई, उत्तम सुवेदी, उजाल अली, भीम राजवंशी, कविता बस्नेत, शान्ता बस्नेत, खड्गबहादुर कार्की, निता सिटौला, देवीकुमारी दाहाल, चन्द्रमणी नेपाल ।
क्षेत्र नं. ५
ढुण्डीराज भण्डारी, सुरेश सुब्बा, विश्वदीप लिङ्देन, मेदेनीप्रसाद सिटौला, चन्द्रा खड्का, भूमिराज राई, हुकुमसिंह राई, निरज अग्रवाल, अइन्द्रविक्रम केरुङ, राजनबहादुर ढुंगाना, हेमन्त कार्की, अनिलकृष्ण प्रसाईं, रोहितकुमार साह, भूपालराज कटुवाल, लक्ष्मी बाह्रकोटी प्रसाईं, डा. नेत्र बुढाथोकी, अमर बराइली, टीकाराज सापकोटा, सत्यनारायण चौधरी, रमा लिम्बु, मन्दरादेवी चिमरिया पौडेल ।

from dahab to petra Our honeymoon trip was magical thanks to TravelShop Booking. They made sure everything was romantic, private, and well-organized. We couldn’t have asked for more thoughtful service. https://www.youtube.com/@travelshopbooking
eco adventure ship holiday Ella D. We took a private Cappadocia photography tour — totally worth it for the amazing shots! https://travelshop.komi.io/
493crze.uk.com xâm hại trẻ em
4bez45v.uk.com xâm hại trẻ em