• Wed. Jun 18th, 2025

पत्रकार सहारा उपचार कोषको रकम करोड पुगेको घोषणा / दाताहरूलाई सम्मान

BySaptahik Samachar

३ बैशाख २०८१, सोमबार १९:३० ३ बैशाख २०८१, सोमबार १९:३० ३ बैशाख २०८१, सोमबार १९:३०

भद्रपुर ३,बैशाख / नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सहारा उपचार कोषमा एक करोड बढी रकम पुर्‍याएको छ। विर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममा उपचार कोषमा करोडभन्दा बढी रुपैयाँ पुगेको घोषणासँगै दाताहरुलाई सम्मान गरिएको छ।
पत्रकार महासंघ झापा शाखाको निमन्त्रणामा हिजै झापा आउनुभएका प्रथम राष्ट्रपति डा. रामवरण यादवले एक करोड बढी रकम पुगेको घोषणा कार्यक्रमको समुद्घाटन गर्दै दाताहरुलाई सम्मान गर्नुभएको हो। पत्रकार महासंघले स्थापना गरेको उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरिएको छ ।

सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेको जनाइएको छ।
कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।
कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभान्वित भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रथम राष्ट्रपति यादव, कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय हिक्मतकुमार कार्की र उद्धव थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल र सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


सोही कार्यक्रममा प्रमुख अतिथि यादवले झापा शाखाको स्तरीकृत भवनको डिजिटल प्रविधिबाट उद्घाटन समेत गर्नुभएको थियो। नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय महासचिव चन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सचिव डिकेश लामाले र सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गर्नुभएको थियो।

118 thoughts on “पत्रकार सहारा उपचार कोषको रकम करोड पुगेको घोषणा / दाताहरूलाई सम्मान”
  1. Tuklasin ang mga nangungunang online casino na may ranggo para sa 2025. Ihambing ang mga bonus, pagpipilian ng laro, at pagiging mapagkakatiwalaan ng mga nangungunang platform para sa ligtas at kapaki-pakinabang na paglalarocrypto casino

  2. ¡Hola, jugadores apasionados !
    Casino online fuera de EspaГ±a con torneos diarios – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinos online fuera de espaГ±a
    ¡Que disfrutes de asombrosas tiradas afortunadas !

Leave a Reply to BruceSuisa Cancel reply

Your email address will not be published. Required fields are marked *