भद्रपुर २८,पुस । स्वर्गीय पृथ्वीनारायण शाहको ३सय औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भद्पुरमा हिजो साँझ पुरानो राष्ट्रिय गान गाएर दीप प्रज्वलन गरी पृथ्वी जयन्ती मनाइएको छ । स्वर्गीय पृथ्वीनारायण शाहको ३सय औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिको आयोजनामा दीपावली गरी जयन्ती मनाइएको हो ।
भद्रपुरका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ता तथा शुभेच्छुकले तात्कालीनको राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली…… गाउँदै मनाइएको पार्टीले जनाएको छ ।
नगर सभापति राधा कार्कीको अध्यक्षतामा ३ नम्बर क्षेत्रीय अध्यक्ष नवराज पनेरु, दुर्गा खरेल र विद्यार्थी नेता माधव प्रसाद पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो भने नगर सचिव कुशुम भट्टराइले सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी भद्रपुर ७ स्थित वोक्तोबारीमा पनि जन्मजयन्तीको अवसरमा साँझ दीपावली गरिएको थियो भने लेखनाथ चोकमा पनि युवाहरूको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको छ।
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.