• Fri. Mar 14th, 2025

पञ्चायतकालीन झापाको नलेखिएको इतिहास

BySaptahik Samachar

२ कार्तिक २०७८, मंगलवार २२:३३ २ कार्तिक २०७८, मंगलवार २२:३३ २ कार्तिक २०७८, मंगलवार २२:३३

‘राजनीतिक उगाल’-हास्यव्यंग्य पुस्तक प्रकाशित भएको एक महिना पछि नै पञ्चायती झापा इतिहासको पुस्तक पाठक समक्ष ल्याउन काजी सफल हुनुभएको हो।

११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले लेख्नुभएको छ। ३० वर्षे पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता कर्मचारीहरूले जनता जनार्दनलाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको कीर्ते काइते,कानुनी जालझेल,शोषण-दमन कुन हलसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्या काण्ड के प्रयोजनका लागि कसरी घटित भएका थिए र त्यसको परिणाम के निस्क्यो आदि इतिहास जान्ने बुझ्न यो पुस्तक पढ्नै पर्ने हुन्छ।

२०३५ साल पछिका पुस्ताले पञ्चायतकाल सुने पनि अनुभव गर्न पाएनन्। त्यो पुस्ताले यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउँछन्। पञ्चायती झापाको आँखीझ्यालबाट त्यसवेलाको सिंगै देशको शासन व्यवस्थालाई नियाल्न सकिने यो पुस्तक अत्यन्तै पठनीय र संग्रहणीय बनेको छ।

पञ्चायतको उज्यालो पक्ष भन्दा पनि अँध्यारो अर्थात् नकारात्मक पक्ष र पञ्चायतको सैध्दान्तिक पाटो भन्दा पनि पञ्चहरूले प्रदर्शन गरेका व्यवहारगत पक्षलाई उजागर गर्दै पुस्तकले लुकेका धेरै घटनाहरूको पर्दाफास गरेको छ।

30 thoughts on “पञ्चायतकालीन झापाको नलेखिएको इतिहास”

Leave a Reply to Vivod iz zapoya rostov_mmKi Cancel reply

Your email address will not be published. Required fields are marked *