• Sun. Jun 1st, 2025

नेपाल भारत मैत्री सङ्घद्वारा फलफुल वितरण

BySaptahik Samachar

२९ श्रावण २०७९, आईतवार ०९:५६ २९ श्रावण २०७९, आईतवार ०९:५६ २९ श्रावण २०७९, आईतवार ०९:५६

भद्रपुर २९, साउन /छिमेकी मुलुक भारतको ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मेची प्रादेशिक अस्पताल भद्रपुरका विरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेपाल भारत मैत्री संघ झापा शाखा, भद्रपुरको आयोजनामा आइतबार बिहान फलफूल वितरण गरिएको हो।
प्रदेश एकका भूमि व्यवस्था, तथा गरिवी निवारण मन्त्री एवं नेपाल भारत मैत्री सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र सङ्घका झापा अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अस्पतालको विभिन्न विभागमा भर्ना भएका सय बढी विरामीलाई फलफूल वितरण गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा प्रमुख अतिथि सरावगी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टङ्कप्रसाद बारकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण दाहालले गर्नु भएको थियो। १५ अगस्त अर्थात् भोलि भारतको ७५ औं स्वतन्त्रता दिवस भारतमा राष्ट्रिय महोत्सवका रूपमा आकर्षक र मनमोहक कार्यक्रम गरी मनाइँदैछ।

118 thoughts on “नेपाल भारत मैत्री सङ्घद्वारा फलफुल वितरण”

Leave a Reply to VIP Escort Ankara Cancel reply

Your email address will not be published. Required fields are marked *