• Sun. Sep 8th, 2024

नेपाली मुलकी फूटवलर अस्मिता बेलायती क्लवमा अनुबन्ध

BySaptahik Samachar

२३ श्रावण २०७८, शनिबार १७:११ २३ श्रावण २०७८, शनिबार १७:११ २३ श्रावण २०७८, शनिबार १७:११

काठमाडौं समाचारदाता । बेलायती क्लव टोटनह्याम हटस्पर्सले नेपाली मुलकी इङ्लिस खेलाडी अस्मिता आले मगरलाई अनुबन्ध गरेको छ । यसअघि इंङ्लिस क्लव एस्टन भिल्लामा रहेकी आले मगरलाई टोटनह्यामले २ वर्षका लागि अनुबन्ध गरेको हो ।

उनलाई अनुबन्ध गरेको टोटह्यामले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ । इंग्ल्यान्डको यू-१९ टिमकी सदस्यसमेत रहेकी आले मगर गत वर्षको सिजनमा एस्टन भिल्लाबाट खेल्दा सर्वोकृष्ट खेलाडी घोषित भएकी थिइन् ।

उनले ‘प्लेयर अफ द सिजन’ को उपाधिसमेत जितेकी थिइन् । गत सिजनको वुमन्स सुपर लिगमा एस्टन भिल्ला १० औं स्थानमा रहेको थियो, भने टोटनह्याम हटस्पर्स ८ औं स्थानमा थियो । तरपनि अस्मिताले १९ वर्षको उमेरमै कुशल डिफेण्डरको रुपमा प्रस्तुत भएकी थिइन् ।उनको नेपाल घर गोरखा हो । उनका बुबा पूर्व ब्रिटिस आर्मी भएकाले उनी पछिल्लो समय बेलायतमै बस्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *