• Thu. Nov 21st, 2024

नेपालको शानदार सुरूआत:नेपालसँग अमेरिका १७ रनले पराजित

BySaptahik Samachar

२ कार्तिक २०८१, शुक्रबार ०९:४३ २ कार्तिक २०८१, शुक्रबार ०९:४३ २ कार्तिक २०८१, शुक्रबार ०९:४३

काठमाडौं, २ कार्तिक । नेपालले पहिलो टी-२० आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धसतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एकएक विकेट लिए ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए ।

पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए ।

10 thoughts on “नेपालको शानदार सुरूआत:नेपालसँग अमेरिका १७ रनले पराजित”
  1. Hi there! This is kind of off topic but I need some guidance from an established blog. Is it very difficult to set up your own blog? I’m not very techincal but I can figure things out pretty quick. I’m thinking about making my own but I’m not sure where to begin. Do you have any points or suggestions? With thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *