• Sun. Jun 22nd, 2025

निजामती कर्मचारी संगठन झापाको १२ औँ अधिवेशन सम्पन्न

BySaptahik Samachar

१२ माघ २०८१, शनिबार १९:३९ १२ माघ २०८१, शनिबार १९:३९ १२ माघ २०८१, शनिबार १९:३९

भद्रपुर १२,माघ / नेपाल निजामती कर्मचारी संगठन झापाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
   नेकपा (एमाले)–झापाका अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्य र संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा अधिवेशन उद्घाटन भएको थियो।
‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२ औँ जिल्ला अधिवेशन भद्रपुर १० चन्द्रगढीस्थित संगठनको आफ्नै सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।
    सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले राजनीति र कर्मचारीतन्त्रबीच नङ र मासुको जस्तो सम्बन्ध रहने हुँदा दुबै संयन्त्रबीचको सहकार्य र समन्वयबाट मात्र सुखी नेपाली, समृद्ध नेपालको अभियान पूरा हुने बताउनु भयो । उहाँले प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीको काम छिटो र छरितो ढंगले सम्पादन गरिदिन पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो।

सोही अवसरमा संगठनले, संगठनका कोशी प्रदेश इञ्चार्ज एवम् संगठन झापाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंलाई सम्मान गरेको थियो । सम्मानित गुरागाईंलाई प्रमुख अतिथि गिरी, कोशी प्रदेशसभा सदस्य छविलाल चूडाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो। उहाँलाई प्रदान गरिएको सम्मानपत्र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले वाचन गर्नुभएको थियो ।
अध्यक्ष न्यौपाने सहित कार्यसमिति सर्वसम्मत
यसैबीच, अधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष पदमा हिरण्य न्यौपाने चयन हुनुभएको छ । भद्रपुर नगरपालिकामा कार्यरत न्यौपाने वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो।

निर्वाचन समितिका संयोजक देवराज कार्कीका अनुसार अध्यक्षलगायत सबै पद सर्वसम्मत चयन भएका हुन्। उहाँका अनुसार खुला उपाध्यक्षमा चिरन खतिवडा र महिला उपाध्यक्षमा चन्द्रा पोखरेल, सचिवमा पूर्णचन्द्र मैनाली, सहसचिवमा चिरञ्जीवी खवास र कोषाध्यक्षमा मनोज भट्टराई चयन हुनुभएको छ भने खुला सदस्यमा हेमचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, हिमाल सुवेदी, मनिषा कोइराला, कुवेरप्रसाद न्यौपाने, नर्वदा तिम्सिना, गणेशदत्त तिमल्सेना, यामकुमार कुरुम्बाङ, सागर दाहाल र हेमचन्द्र लामिछाने शर्मा, महिला सदस्यमा मञ्जु भट्टराई र दुर्गा अधिकारी तथा मधेसी सदस्यमा दिवाकर सुनरैव चयन हुनु भएको छ ।
यसैगरी, लेखा समिति संयोजकमा सुवास वि.क. र सदस्यमा रविन्द्र अधिकारी र अरुणा भट्टराई चयन हुनु भएको छ भने कोशी प्रदेश प्रतिनिधिमा मोहनप्रसाद ढकाल, शत्रुघनप्रसाद चौधरी, टंकनाथ दुलाल, सीता भण्डारी, मन्दिरा श्रेष्ठ, कृष्णप्रसाद सुवेदी, प्रकाश योङहाङ, जटाशंकर झा र खीना तिम्सिना सर्वसम्मत चयन भएको उहाँले जानकारी दिनुभयो।

113 thoughts on “निजामती कर्मचारी संगठन झापाको १२ औँ अधिवेशन सम्पन्न”
  1. Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchhoạt động casino

Leave a Reply to ZacharyWek Cancel reply

Your email address will not be published. Required fields are marked *