• Mon. Jun 23rd, 2025

नारी दिवसमा भद्रपुर जेसीजको सक्रियता

BySaptahik Samachar

२४ फाल्गुन २०७८, मंगलवार २१:१७ २४ फाल्गुन २०७८, मंगलवार २१:१७ २४ फाल्गुन २०७८, मंगलवार २१:१७

भद्रपुर २४,फागुन /भद्रपुर जेसीजले एक जना जेष्ठ आमा र मेची अस्पतालका विरामीलाई फलफूल वितरण गर्दै एक सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराईको अध्यक्षतामा मंगलबार अलग अलग संक्षिप्त कार्यक्रम गर्दै नारी दिवस मनाइएको हो।भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जेसिजले अस्पतालको प्रसूति गृह र पोषण पुनर्स्थापना गृहमा रहेका आमाहरूलाई अस्पतालमै पुगेर फलफूल वितरण गरेको भद्रपुर जेसीजका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो। अस्पतालमा भएको
कार्यक्रममा नगरप्रमुख श्रेष्ठ सहित भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू किरणकुमार शर्मा र डिल्लीराम पोखरेलले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको औचित्य माथि अध्यक्ष मनोज भट्टराईले प्रकाश पार्नुभएको थियो।
भद्रपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष युवराज न्याैपानेले जेसीज आस्था बाचन गरेको कार्यक्रममा कार्यक्रम संयोजक केशव अधिकारी सहित प्रशुति वार्ड इन्चार्ज सीता भण्डारी र पोषण गृहकी नर्सिङ स्टाफ कन्चन रिजाल ढुङ्गाना सहित जेसीजका पदाधिकारी सदस्यहरूको सहभागिता थियो।
यसैगरी, भद्रपुर जेसीजले भद्रपुर वार्ड न. ६ की १०२ वर्षीय जेष्ठ माता सुभद्रा कार्कीलाई उहाँकै निजी निवासमा गई सम्मान तथा नगद हस्तान्तरण गरेको छ।
अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिका वार्ड न ६ का वडाअध्यक्ष प्रेमबहादुर बरुवालको प्रमुख आतिथ्यमा जेष्ठ मातालाई सम्मान गरिएको हो।
कार्यक्रम संयोजक जेसिज उपाध्यक्ष बिजयकुमार अधिकारी सहित जेसीजका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि वरूवालले शुभकामना मन्तव्य राख्नुभएको महासचिव कार्कीले बताउनुभयो।

94 thoughts on “नारी दिवसमा भद्रपुर जेसीजको सक्रियता”
  1. ¡Saludos, buscadores de éxitos!
    casinosextranjero.es – juegos legales y divertidos – п»їhttps://casinosextranjero.es/ п»їcasinos online extranjeros
    ¡Que vivas increíbles jackpots extraordinarios!

Leave a Reply to buy-bm.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *