• Sun. Oct 26th, 2025

नर्सिङ दिवस सम्पन्न

BySaptahik Samachar

१५ माघ २०८१, मंगलवार १७:१९ १५ माघ २०८१, मंगलवार १७:१९ १५ माघ २०८१, मंगलवार १७:१९

भद्रपुर १५,माघ / ६३ औं नर्सिङ दिवसको अवसरमा भद्रपुरमा रक्तदान,  सम्मान र प्रवचन कार्यक्रम गरिएको छ। नेपाल नर्सिङ संघ प्रादेशिक अस्पताल इकाइ समिति भद्रपुरले विविध कार्यक्रम गरी नर्सिङ दिवस मनाएको हो।

प्रादेशिक अस्पताल इकाइ समितिका अध्यक्ष वी.पी.चौधरीको अध्यक्षता र जिल्ला समन्वय समिति,झापाका प्रमुख तथा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालको बच्चा वार्डमा कार्यरत स्वास्थ्य सहायक अनिताकुमारी दाहाललाई सम्मान गरिएको स्वास्थ्यकर्मी सीता भण्डारीले जानकारी दिनु भयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी,रक्त सञ्चार केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि भएको थियो। रक्तदान कार्यक्रममा ६ महिला सहित २३ जनाले रगत दान गरेको जनाइएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि बराल,बिशिष्ट अतिथि अस्पतालका का.मु.मेडिकल सुपरिटेन्डेन्ट रामबाबु खड्का,अस्पताल प्रशासन प्रमुख कृष्णकुमारी श्रेष्ठ, लेखा अधिकृत सुवास तामाङ, मेट्रोन सुजाता पौडेल, सेवा निवृत्त नर्सिङ कर्मचारी रीमा पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो।किरण कार्कीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम संचालन निरू कुँवरले गर्नु भएको थियो।

49 thoughts on “नर्सिङ दिवस सम्पन्न”

Leave a Reply to narkologicheskaya klinika_rkkn Cancel reply

Your email address will not be published. Required fields are marked *