• Wed. Jun 18th, 2025

दीनबन्धु गोयलद्वारा निर्माण गरिएको १४ घर हस्तान्तरण /स्थानीय आदिवासी खुसी

BySaptahik Samachar

१० बैशाख २०८०, आईतवार १७:१३ १० बैशाख २०८०, आईतवार १७:१३ १० बैशाख २०८०, आईतवार १७:१३

ओम गोयल कोलोनी मार्ग समुद्घाटन

लगभग एक करोड खर्च

भद्रपुर / उद्योगी तथा समाजसेवी दीनबन्धु गोयल वन्धुहरूले निर्माण गरिदिएको १४ वटा घर आइतबार सम्वन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। झापाकाे भद्रपुर नगरपालिकाको ६ न.वडा भतियाबाडीमा निम्न आय भएका स्थानीय राजवंशी तथा माझी समुदायका १४ जनालाई गोयल परिवारको लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलको स्मृतिमा लगभग एक करोडको लागतमा ती १४ घर निर्माण भएको लगानीकर्ता दीनबन्धु गोयलले वताउनु भएको छ।’ उनीहरूले खरीद गरेकै जग्गामा आफूले शौचालय सहित ईंटा सिमेन्टको देवाल र ट्रस-जस्तापाता लगाएको तीन कोठे पक्की घर बनाइ दिएको’ उहाँले बताउनुभयो। बनाइएको घरमा ४३ एम.एमको बाक्लो जस्तापाता र फलामे ढोका तथा झ्यालमा ग्रील प्रयोग भएको ६न.वडा अध्यक्ष रतिया राजवंशीले जानकारी दिनुभयो।भद्रपुर नगरपालिकाको समन्वयमा ती परिवार छनौट गरिएको हो।

ओम गोयल कोलोनी मार्ग नामाकरण गरिएको सो स्थलमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपाल बस्नेत, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की सहितले घर हस्तान्तरण प्रमाण पत्र प्रदान गर्दै शिला लेख र कोलोनी मार्गको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि बस्नेत, नगर प्रमुख र उपप्रमुख पोखरेल र कार्की सहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरू राजु, आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी, वडाध्यक्ष हंशधर राजवंशी, विराटनगरस्थित कृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
६न.वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा दातालाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा घर प्राप्त कर्ता लखन माझीले दाता परिवारलाई धन्यवाद दिँदै पक्की घर पाउँदा खुसी लागेको बताउनुभयो।

118 thoughts on “दीनबन्धु गोयलद्वारा निर्माण गरिएको १४ घर हस्तान्तरण /स्थानीय आदिवासी खुसी”
  1. Эта обзорная заметка содержит ключевые моменты и факты по актуальным вопросам. Она поможет читателям быстро ориентироваться в теме и узнать о самых важных аспектах сегодня. Получите краткий курс по современной информации и оставайтесь в курсе событий!
    Получить дополнительные сведения – https://medalkoblog.ru/

  2. ¡Hola, entusiastas de la suerte !
    Casinos fuera de EspaГ±a con licencia internacional – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinoonlinefueradeespanol
    ¡Que disfrutes de asombrosas premios extraordinarios !

Leave a Reply to buy-tiktok-ads.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *