• Sun. Apr 5th, 2026

दिव्य दृष्टि पुस्तकको लोकार्पण

BySaptahik Samachar

२९ मंसिर २०८१, शनिबार १९:१३ २९ मंसिर २०८१, शनिबार १९:१३ २९ मंसिर २०८१, शनिबार १९:१३

वरिष्ठ पत्रकार काजीलाई सम्मान

भद्रपुर २९, मंसिर / कुलत बिरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीद्वारा लिखित पुस्तक दिव्य दृष्टिको भद्रपुरमा लोकार्पण गरिएको छ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक दिव्य दृष्टिको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा आज लोकार्पण गरिएको हो।
चेतना नेपालको आयोजनामा भएको
विमोचन कार्यक्रमको अध्यक्षता सचिव दाताराम सिटौलाले गर्नु भएको थियो।
कार्यक्रममा लेखक, साहित्यकार तथा झापाका अग्रज पत्रकार नकुल काजीलाई अभिनन्दन समेत गरिएको थियो भने समाजसेवी पुरुषोत्तम अधिकारी तथा अभियन्ता कल्पना भट्टराईलाई सम्मान गरिएको थियो ।
सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक तारा विविधले कृति भित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागुऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको जनाउनु भयो।
   पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले लागु औषध प्रयोगका कारण सभ्य समाजले विनाशतिरको गन्तव्य तय गरिरहेको भन्दै युुवापिँढीलाई भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ बनाउने अन्धकारमा जान दिनु नहुने धारणा राख्नु भएको थियो।
कल्पना भट्टराईले स्वागत गरेको कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले समेत मन्तव्य राख्नुभएको थियो।

नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि क्रियाशील लेखक ओली प्रहरी नायव निरीक्षक पदबाट २०६२ सालमा स्वेच्छिक अवकास लिनुभएको थियो। त्यसयता झापामा रहेर लागूऔषध दुर्व्यसन बिरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत कृयाशील हुनुहुन्छ।

66 thoughts on “दिव्य दृष्टि पुस्तकको लोकार्पण”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Услуги по настройке https://sysadmin.guru и администрированию серверов и компьютеров. Установка систем, настройка сетей, обслуживание серверной инфраструктуры, защита данных и техническая поддержка. Помогаем обеспечить стабильную работу IT-систем.

Leave a Reply to social-accounts-marketplaces.live_swile Cancel reply

Your email address will not be published. Required fields are marked *