• Mon. Jul 7th, 2025

दाता खोजेर भद्रपुर ६ नं. वडाद्वारा सिरक वितरण

BySaptahik Samachar

२७ मंसिर २०८१, बिहीबार १४:४० २७ मंसिर २०८१, बिहीबार १४:४० २७ मंसिर २०८१, बिहीबार १४:४०

भद्रपुर २७,मङ्सिर / कमजोर आर्थिक अवस्थाका वडाबासीलाई राहत दिन उद्देश्यबाट प्रेरित भद्रपुर नगरपालिका वडा नम्बर ६ ले त्यस्ता परिवार छनोट गरी ५० थान फाइवर सिरक वितरण गरेको छ।
वडाअध्यक्ष रतिया राजवंशीसहित वडासमितिको आग्रहमा दाता मीना राजवंशीले प्रदान गरेको सिरक आज वडा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा वितरण गरिएको हो।

भद्रपुर-६ मोतियाबारी,महेशपुर निवासी मीना राजवंशी सहितले आफ्ना पति शम्भु राजवंशीको स्मृतिमा निम्न आय भएका परिवारलाई जाडो छल्नका लागि सिरक उपलब्ध गराएको बताउनु भयो। भद्रपुर नगर पालिकाका प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र वडाअध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, दाता एवं वडाअध्यक्ष राजवंशीले सिरक हस्तान्तरण सहित शुभकामना मन्तव्य राखेका थिए।
नगर कार्यपालिका सदस्य  सन्ध्याकुमारी हाडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव अङ्किता कट्टेलले गर्नु भएको थियो ।

6 thoughts on “दाता खोजेर भद्रपुर ६ नं. वडाद्वारा सिरक वितरण”
  1. Эта разъяснительная статья содержит простые и доступные разъяснения по актуальным вопросам. Мы стремимся сделать информацию понятной для широкой аудитории, чтобы каждый смог разобраться в предмете и извлечь из него максимум пользы.
    Подробнее – https://vyvod-iz-zapoya-1.ru/

Leave a Reply to RamonPeeri Cancel reply

Your email address will not be published. Required fields are marked *