• Sun. Sep 8th, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

BySaptahik Samachar

९ माघ २०७९, सोमबार २०:१३ ९ माघ २०७९, सोमबार २०:१३ ९ माघ २०७९, सोमबार २०:१३

भद्रपुर एअर पोर्टको प्रमुख रहँदा कुशल कर्मचारीको रूपमा चर्चित चुडाल काठमाडौँ मा भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्।

भद्रपुर, ९ माघ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको हो। उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा आज सोमवार नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको जनाएको छ ।अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडाललाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
चुडाल नवौं तहका कर्मचारी हुनुहुन्छ । आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ ।यस अघि भद्रपुरको चन्द्रगढी एअर पोर्टमा रहँदा चुडालले भद्रपुर एअर पोर्टमा निक्कै सुधारका कामहरू गरेर आफ्नो व्यवस्थापकीय कुशलता प्रदर्शन गरेको जानकारहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *