• Wed. Mar 12th, 2025

डा.बारकोटी अतिरिक्त सचिवमा बढुवा

BySaptahik Samachar

१३ चैत्र २०७९, सोमबार १९:५३ १३ चैत्र २०७९, सोमबार १९:५३ १३ चैत्र २०७९, सोमबार १९:५३

भद्रपुर १३,चैत्र / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डाक्टर विकास देवकोटा र डाक्टर टंक बारकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये डाक्टर देवकोटा र डाक्टर बारकोटीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए। 
मन्त्रिपरिषदले निर्णय गरे पनि उहाँहरुले अहिलेसम्म पत्र भने बुझी नसकेको स्रोतले बताएको छ।
मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डाक्टर देवकोटा, डाक्टर बारकोटी र डाक्टर  श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

१२औं तहमा बढुवा भएकामध्ये डा.देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत हुनुहुन्छ भने डा.बारकोटी प्रदेश अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्छ ।

9 thoughts on “डा.बारकोटी अतिरिक्त सचिवमा बढुवा”
  1. KARAKAR | Web sitenizin hızlı yüklenmesi, hem kullanıcı memnuniyeti hem de arama motoru sıralamaları için kritik bir faktördür. Yavaş yüklenen bir site, ziyaretçilerin hızla çıkmasına neden olabilir ve dönüşüm oranlarını olumsuz etkileyebilir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *