• Sun. Jun 1st, 2025

झापा रेडक्रसको ५१ औं साधारण सभाः अत्याधुनिक ल्याव सेवाको उद्घाटन

BySaptahik Samachar

१८ बैशाख २०८२, बिहीबार २०:५६ १८ बैशाख २०८२, बिहीबार २०:५६ १८ बैशाख २०८२, बिहीबार २०:५६

भद्रपुर १८,बैशाख / नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ भने रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवाको अत्याधुनिक प्रयोगशाला उद्घाटन गरिएको छ ।
भद्रपुरस्थित रेडक्रस भवन परिसरमा आज आयोजित समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साधारणसभा तथा प्रयोगशालाको उद्घाटन गर्नु भयो।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन सोसाइटीका मन्त्री चन्द्रप्रसाद चूडालले गर्नुभएको थियो भने स्वागत मन्उतव्पयसभापति मित्रदेव काफ्लेले गरेका थिए ।
सभापति ढकालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोसाइटीले यस वर्ष गरेका मानवीय सेवाका गतिविधि तथा आगामी वर्षको कार्ययोजना बारे जानकारी दिएका थिए ।

सोही समारोहका बीच नेरेसो झापाका पूर्व सभापति स्व. रेवतीरमण नेपालको स्मृतिमा स्थापित रेवतीरमण नेपाल स्मृति दीर्घ सेवा सम्मानबाट पुराना रेडक्रसकर्मी हरिध्वज खत्री र कल्याणप्रसाद कोइरालालाई नगद १५ हजार १११।– रुपैयाँसहित सम्मान गरिएको थियो । उनीहरुको सम्मान परिवारका सदस्यले ग्रहण गरेका थिए । यसैगरी, लामो समय नेरेसो झापा शाखामा कार्यरत रही सेवानिवृत्त भएका कर्मचारी अम्बर भण्डारीलाई पनि सम्मान गरिएको थियो । उनलाई समारोहका प्रमुख अतिथि मन्त्री दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए । त्यसैगरी, अघिल्लो वर्ष सबैभन्दा बढी रगत संकलन गर्ने तीनवटा सामाजिक संघ–संस्थालाई पनि सम्मान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री दाहालले रेडक्रस मानवीय सेवामा समििर्पत सामाजिक संस्था भएकोले समाजमा यसको जिम्मेवारी र भूमिका अहम रहेको बताउँदै रेडक्रसलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।
समारोहमा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधीरकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा उद्घाटन गरिएको रक्त सञ्चार प्रयोगशाला करिब ७० लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधि जडान गरिएको प्रयोगशालाबाट अब एक पिन्ट रगतबाट तीनजनासम्म बिरामीलाई सेवा दिने गरी रगत तयार हुने बताइएको छ ।
प्रयेगशालाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय कोषबाट ६० लाख रुपैयाँ विनियोजन भएको र शाखाले १० लाख रुपैयाँ व्यवस्थापन गरेको बताइएको छ । निर्माण व्यवसाय कोषमा निर्माण व्यवसायीहरुले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही हिस्सा रकम जम्मा गर्ने गरेका छन् । कोषले कार्यविधिअनुसार सो रकम सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको छ ।

67 thoughts on “झापा रेडक्रसको ५१ औं साधारण सभाः अत्याधुनिक ल्याव सेवाको उद्घाटन”
  1. Participants earn Medallions each time they play in a qualifying MGM Rewards Slot Tournament throughout the year. The more Medallions earned, the bigger the finale prize pool, up to a $200,000 CASH GRAND PRIZE! This thrilling game is known far and wide to spread luck and good fortune to all who play it! © 2025 Soboba Casino Resort Management reserves the right to modify or cancel promotions at any time without notice. Must be 21 to gamble. National Council on Problem Gambling 1-800-GAMBLER If you have any questions or concerns, you can direct them to the All Slots customer support team via their 24 7 live chat service. Our review pros trialled the live chat channels at AllSlots and reported back positive, fast response times at various times of the day and friendly, courteous operators – two thumbs up for All Slots customer service!
    https://www.nuevotiempo.org/space-xy-by-bgaming-a-global-casino-game-review/
    Parx Casino has a platform that can do very well in the PA online gambling market scene. If there’s anything Parx can do better, it’s adding more promotions. Parx launches new real money online casino with dozens of slots, video poker and table games News “Parx Casino’s new online sports betting capability lets sports fans place their bets in real time, with live in-game action, whenever they want,” said Parx Casino’s senior VP of interactive gaming and sports Matthew Cullen. “Parx Casino’s launch of internet sports betting expands our offerings for sports fans. This allows us to continue to give patrons the absolute best of all types of legalized gaming. We are excited to engage with new patrons across the state as they interact with our brand and partake in the game-day action right at their fingertips.”

Leave a Reply

Your email address will not be published. Required fields are marked *