• Wed. Sep 3rd, 2025

झापा भद्रपुरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

BySaptahik Samachar

१३ भाद्र २०८१, बिहीबार २०:०६ १३ भाद्र २०८१, बिहीबार २०:०६ १३ भाद्र २०८१, बिहीबार २०:०६

भद्रपुर १३, भदौ / झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन संघ झापाको आयोजनामा यही भदौ २९ गतेदेखि ३१ गतेसम्म भद्रपुरको मेची रंगशालास्थित कभर्ड हलमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई इभेन्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्याकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने जनाइएको छ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिनुभयो। त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १० हजारका साथै ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

115 thoughts on “झापा भद्रपुरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने”

Leave a Reply to Beytepe Elegant Student Escort Cancel reply

Your email address will not be published. Required fields are marked *