• Thu. Dec 4th, 2025

झापा भद्रपुरका दुई महिला उद्यमी सम्मानित

BySaptahik Samachar

१७ जेष्ठ २०७९, मंगलवार १४:४१ १७ जेष्ठ २०७९, मंगलवार १४:४१ १७ जेष्ठ २०७९, मंगलवार १४:४१

भद्रपुर १७,जेठ/महिला उद्यमीलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय प्रदेश एकले झापाका दुई उद्यमीलाई सम्मान गरेको छ। आफ्नो व्यवसायको प्रवर्द्धन गर्दै अन्य महिलाहरूलाई समेत उद्यम व्यवसायमा लाग्न अभिप्रेरित गर्ने झापा भद्रपुरकी शर्मिला(अनिता) अधिकारी र अनिता कार्की-अधिकारी तथा झापा बिर्तामोडमा लामो समयदेखि सौन्दर्य ब्यवसाय गर्दै आएकी उमा कटुवाल (भण्डारी)-लाई उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरिएको हो ।भद्रपुरका अधिकारीले हियान फुड इण्डष्ट्री संचालन गरेर खाजाका रूपमा प्रयोग गरिने खाद्य बस्तु उत्पादन गर्दै आइरहेका छन्।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा विराटनगरमा सोमबार आयोजित उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा प्रदेश १ अन्तर्गत १४ जिल्लाका २८ जना उद्यमी सम्मानित भएका थिए।

कार्यक्रममा प्रदेश –१ का ठूला उद्यमीहरुको समेत उपस्थिति रहेको थियो । सम्मानित हुनेहरूलाई नगद ५० हजार रुपैयाँ र प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्वाहाम्फे, सचिव दीर्घराज मैनाली तथा महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतको उपस्थितिमा महिला उद्यमीहरूलाई सम्मान गरिएको हो।

18 thoughts on “झापा भद्रपुरका दुई महिला उद्यमी सम्मानित”
  1. I’m extremely impressed together with your writing talents and also
    with the layout in your weblog. Is this a paid subject or did you customize it yourself?
    Either way keep up the nice high quality writing, it’s uncommon to see a nice blog like this one these days.
    Beacons AI!

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to J88 Cancel reply

Your email address will not be published. Required fields are marked *