• Fri. Oct 10th, 2025

झापा भद्रपुरका गिरिशरत्न ‘ मिस्टर नेपाल २०२५’को उपाधि दौडमा

BySaptahik Samachar

१५ भाद्र २०८२, आईतवार १०:४८ १५ भाद्र २०८२, आईतवार १०:४८ १५ भाद्र २०८२, आईतवार १०:४८

भोट गर्ने प्रक्रिया जटिल: शुभेच्छुक

भद्रपुर १५, भदौ / नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको ‘मिस्टर नेपाल २०२५’को लागि छनोट भएका प्रतियोगीहरूलाई भोट दिन असाध्यै जटिल बनाइएको छ।
प्रतियोगिताका लागि छनोट भएका ३० युवामध्ये झापा भद्रपुरका गिरिशरत्न शाक्य उपाधिको दौडमा रहेका छन् ।  झापा भद्रपुर-६ निवासी गिरिशरत्न  डिजिटल अडिसनबाट छनोट भएका मध्ये एक हुन्।
गिरिशरत्न सहित छानिएका सबै प्रतियोगीहरू ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि अहिले कडा प्रशिक्षणमा रहेका छन् ।गिरिशरत्नका बुबा सुभाषरत्न शाक्यले छोरा गिरिशरत्नले झापा जिल्लाकै प्रतिनिधित्व गरिरहेको हुँदा भोट दिन सम्पूर्ण झापावासीलाई आव्हान गर्नुभएको छ। तर , भोट दिन एकदमै जटिल बनाईएकोले प्रतियोगीहरुलाई भोट दिन शुभचिन्तकहरू लाई कठिन भइरहेको छ। बुवा शाक्य भन्नुहुन्छ-खल्तीबाट भोट दिनुपर्ने हुन्छ।
   उपाधि दौडमा रहेका प्रतियोगीहरूबीच विभिन्न अडिसनहरु जारी छ। उनीहरू बीच sport round, एक्टिभ राउन्ड , ट्यालेन्ट राउन्ड आदि क्रियाकलाप भित्र पौडी, फुटसल, फौजी क्रियाकलाप- चट्टान आरोहण, शारीरिक सुगठन, रक्तदान, हाइकिङ, फेसन, मोडलिङ, क्याटवाक , व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विधामा उनीहरूको talent परीक्षण गरिँदैछ। भद्रपुरका शाक्यले हरेक अडिसनमा राम्रो पर्फर्मेन्स दिइरहेका छन्, उनका बुवा सुवास रत्न भन्छन्- ” गिरिस पछि पर्छ भने यही भोटको कारणले मात्रै पछि पर्छ।”

यी सबै परीक्षण पछि फिनालेमा मिस्टर वर्ल्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार जित्नेछन्। प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिपमा प्रशान्त ताम्राकार छन्। फिनाले सोल्टी होटेलमा १२ सेप्टेम्बर अर्थात् भदौ २७ मा आयोजना हुनेछ।

9 thoughts on “झापा भद्रपुरका गिरिशरत्न ‘ मिस्टर नेपाल २०२५’को उपाधि दौडमा”
  1. We absolutely love your blog and find the majority of your post’s to be just what I’m looking for. can you offer guest writers to write content in your case? I wouldn’t mind producing a post or elaborating on many of the subjects you write related to here. Again, awesome blog!

Leave a Reply to is aviator game legit Cancel reply

Your email address will not be published. Required fields are marked *