
भद्रपुर १३ ,जेठ / झापामा आउने विपद् मध्ये सबैभन्दा बढी जोखिम बाढीबाट हुने गरेको छ।यद्यपि झापाका स्थानीय तहहरूले जोखिमसँग जुध्ने रणनीतिक योजना नबनाउँदा ठूलो क्षति बेहोर्नु पर्ने सम्भावना रहन्छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको बैठकले विपद् व्यवस्थापन सम्बन्धी विभिन्न समस्याहरू पहिचान गर्दै आ-आफ्नो क्षेत्रबाट सक्रिय र सचेतना अपनाउन पर्ने आवश्यकतामा जोड दिएको छ।
मौसम विज्ञान विभागको पूर्वानुमानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष औसतभन्दा बढी पानी पर्ने आकलन गरे पनि झापाका पालिकाहरूले पूर्वतयारीमा खासै चासो नदेखाएकोप्रति बैठकले सचेत हुनुपर्ने खाँचो औंल्याएको हो।
झापा जिल्ला बाढीको उच्च जोखिममा पर्छ । बाढीका कारण जिल्लाका ८ हजार ९१९ घरधुरी अति जोखिममा रहे पनि स्थानीय सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नबनाएकाले तत्काल त्यसतर्फ ध्यान दिन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको हो।
बिरिङ, कनकाई, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमललगायत नदीहरूका कारण जिल्लाका दक्षिणी भेगका चार पालिका उच्च जोखिममा रहेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी उच्च जोखिममा रहेका पालिका हुन्। कनकाई नदीमा पानीको लेबल ३.८” भयो भने सचेतना लेबल र ४.३” भयो भने त्यसलाई खतराको लेबल भनिन्छ । उहाँले भन्नुभयो- ४.३” पानीको लेबल हुने बित्तिकै जिल्लाका करिब ९ हजार घरधुरी विस्थापित हुन्छन् ।
जिल्लाका क्षेत्र भएर बग्ने कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्र र जिल्लाका ९ स्थानमा वर्षामापन केन्द्र रहेको छ ।
यसवर्ष औसत भन्दा बढी पानी पर्ने र त्यसबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । तर, जिल्लामा त्यस्तो पूर्व तयारी सोचेअनुसार नभएको उहाँको भनाइ छ ।
मौसम विज्ञान फिल्ड कार्यालय झापाका सुमनराज भट्टराईले पनि जिल्लामा यस वर्ष औसत भन्दा बढी पानी पर्ने जानकारी गराउनु भयो । उहाँका अनुसार मार्च महिनामा विगत १० वर्षको औसतमा कम पानी परेको थियो भने अप्रिलमा विगत १० वर्ष भन्दा औसतमा बढी पानी परेको छ। यी सवै तथ्याङ्कले समयमै सचेत रहनु पर्ने संकेत गर्दै बैठकले सचेत र सम्बेदनशील बन्ने निष्कर्ष निकालेको छ ।
सो बैठकमा निर्माणाधीन एशियन हाइवेको ठाउँ ठाउँमा बनाइएको कज्वे र डाइभर्सन रोडबाट पनि बर्षामा आवागमनलाई अवरोध हुने तर्फ सचेत रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराइएको थियो। सर्वपक्षीय बैठकमा राजनीतिक दलका झापास्थित नेतृत्वगण,स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाकर्मी, रेडक्रस , सञ्चारकर्मी लगायत सरोकारपक्ष सम्मिलित थियो ।
Kadir Görgü sitesi Eskort
I truly appreciate you sharing this. It’s been very useful. Hope to see more soon.. Check my website: https://b1top0010.xyz/ !
Very interesting topic, appreciate it for posting. “Remember when life’s path is steep to keep your mind even.” by Horace.
What’s Going down i am new to this, I stumbled upon this I have found It absolutely helpful and it has helped me out loads. I am hoping to give a contribution & aid different users like its aided me. Good job.
Este site é realmente fantástico. Sempre que acesso eu encontro novidades Você também vai querer acessar o nosso site e saber mais detalhes! conteúdo único. Venha saber mais agora! 🙂