
भद्रपुर २२,कात्तिक / उद्योगी व्यवसायीहरूले बैंकले ब्याजदर बढाएको विरोधमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकको आह्वानमा झापाका उद्योगी व्यवसायीले राष्ट्र बैंकले चर्को ब्याजदर नियन्त्रण गर्न उदासीनता देखाएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष टीकाराज ढकालले आफ्ना माग कतैबाट पनि सुनुवाई नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको बताउनुभयो । झापाको सदरमुकाम चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा भेला भएका झापाका उद्योगी व्यवसायीले प्ले कार्ड र ब्यानर सहित जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद नेउपानेलाई ज्ञापनपत्र बुझाएका थिए। सो अवसरमा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, अग्रज उद्योगी चण्डीप्रसाद पराजुली, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया र महासंघका प्रदेश एकका अध्यक्ष टीकाराज ढकालले मन्तव्य राख्नुभएको थियो भने ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी नेउपानेले प्राप्त ज्ञापन पत्रलाई सम्बन्धित निकायमा यथाशीघ्र सम्प्रेषण गर्ने बताउनुभयो। विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सञ्चालन गरेको सो कार्यक्रममा झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ, मेचीनगर उद्योग वाणिज्य संघ, प्रोपर्टी डिलर्स एसोसिएशन,नेपाल भेनियर उत्पादक संघ, महिला उद्यमी संघ झापा,कम्प्युटर एसोसिएसन (क्यान) लगायत वस्तुगत संघहरुको संयुक्त उपस्थिति रहेको थियो ।

देशभरका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियम लगायतको विरुद्धमा आन्दोलित छन्। उनीहरुले उद्योगी व्यवसायीको मागप्रति सरकार र बैंकहरू उदासीन रहे कडा आन्दोलन गर्ने, आफ्ना उद्योग – प्रतिष्ठानका ताला चावी सरकार र सम्बन्धित बैंकहरूलाई जिम्मा लगाउनेसम्मको चेतावनी दिएका छन् ।
बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै महासंघ प्रदेश एकले चरणबध्द आन्दोलनको घोषणा गरेको छ।

प्रदेश एक महासंघको आह्वानमा भोलि २३ गते बुधबार बैंकसँग कुनै कारोबार नगर्ने र २ घण्टा प्ले कार्ड सहित मौन जुलुस गर्ने, २५ गते शुक्रबार प्रदेश एकको मुख्य मन्त्री र नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयमा प्ले कार्ड सहित धर्ना दिदै ज्ञापन पत्र दिने तथा २८ गते सोमबार महासंघको केन्द्रीय कार्यालयमा दवाव दिन नेपाल भरिका उद्योगी व्यवसायी भेला हुने कार्यक्रम रहेको आन्दोलनको नेतृत्व गरिरहेका महासंघका प्रदेश १ अध्यक्ष ढकालले बताउनुभयो।

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Your article helped me a lot, is there any more related content? Thanks!
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Ankara Escort deneyimi arayanlar için doğru adresi sonunda buldum. Ankara Escort platformu üzerinden mükemmel bir hizmet aldım.