
भद्रपुर ८ वैशाख / झापा जिल्लाका दुईजना गाउँपालिका उपाध्यक्षहरुले पदबाट राजीनामा दिएका छन् । हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरी र गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाले पदबाट राजीनामा दिएका हुन् । हल्दिबारीका उपाध्यक्ष गिरीले बिहीबार गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनलाई राजीनामा बुझाउनु भएको छ । उहाँले स्थानीय निर्वाचनमा खटिनुपर्ने भएकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ। राजीनामा पत्रमा उहाँले एक सामान्य कृषकको छोरालाई जनताले मन पराइदिएर ५ वर्षको लागि गाउँपालिका उपाध्यक्षको जिम्मेवारी दिइरहँदा पालिकाको अहित हुने कुनै काम गरे जस्तो नलागेको बताउँदै सीमित स्रोत साधनका कारण सबैको अपेक्षा सम्बोधन गर्न नसकेकोमा क्षमा माग्नु भएको छ। २०७४ को निर्वाचनमा गिरी नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकामा एमालेको बहुमत रहेको थियो । आसन्न निर्वाचनमा उहाँ गाउँपालिकाको अध्यक्ष पदको दावेदार हुनुहुन्छ ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
I’m really inspired along with your writing abilities as neatly as with the layout on your blog. Is that this a paid subject matter or did you modify it your self? Either way keep up the nice quality writing, it’s rare to see a great weblog like this one today!