भद्रपुर १२,फागुन / नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आज झापाबाट सुरु भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त एक महिने अभियान झापाको कचनकवलबाट सुरु गर्नुभयो।
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ।
दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि तथा अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी हुनहुन्छ।
शीर्ष नेताहरू खाना खाँदै
यसैबीच नेकपा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरूले झापाको कचनकवल पुगेर केराको पातमा खाना खानु भएको छ।
त्यहाँ उहाँहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खानुभएको हो ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेताले सँगै बसेर खाना खानु भएको हो।
कार्यक्रम पश्चात अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू,हरि अधिकारी,बेदनिधि निराला,यमबहादुर श्रेष्ठलाई घरमै पुगेर सम्मान गर्नुभएको थियो।कम्युनिष्ट आन्दोलनका अग्रज ती नेताहरूसहित १०जना चितवनबाट २०२९/०३० सालतिर झापा पृथ्वीनगरमा आएर बसोबास गरेका हुन्।
I got good info from your blog
This blog is definitely rather handy since I’m at the moment creating an internet floral website – although I am only starting out therefore it’s really fairly small, nothing like this site. Can link to a few of the posts here as they are quite. Thanks much. Zoey Olsen
This is really attention-grabbing, You’re an overly professional blogger. I have joined your rss feed and look forward to seeking more of your fantastic post. Also, I’ve shared your website in my social networks!
Hayatımda ilk defa bu kadar seviyeli ve özenli bir hizmetle karşılaştım. Özellikle Ankara escort seçenekleri arasında AnkaraRusModel gibi bir site bulmak büyük şans.