
भद्रपुर २०,फागुन / झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । विर्तामोडमा जारी प्रतियोगितामा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले आइतबारको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
आइतबारको खेलमा विजयी भएसंगै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको छ। यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य भएको छ।
खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।
फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ph/register?ref=B4EPR6J0
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Hayatımda ilk defa bu kadar seviyeli ve özenli bir hizmetle karşılaştım. Özellikle Ankara escort seçenekleri arasında AnkaraRusModel gibi bir site bulmak büyük şans.
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.