• Wed. Jun 18th, 2025

चन्द्रकला गौतम चेलिबेटी साकोसको अध्यक्षमा पुनः निर्वाचित

BySaptahik Samachar

१८ मंसिर २०७८, शनिबार २१:५२ १८ मंसिर २०७८, शनिबार २१:५२ १८ मंसिर २०७८, शनिबार २१:५२

झापाको भद्रपुर-६ मा महिलाहरूद्वारा सञ्चालित चलिबेटी साकोसको शनिबार भएको १२औं साधारण सभाले अध्यक्षमा गौतमका अतिरिक्त उपाध्यक्षमा शान्ता वराल, सचिव अनिता अधिकारी, सहसचिव शुशीला गौतम र कोषाध्यक्षमा अनुपमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ।

समितिको सदस्यमा शारदा श्रेष्ठ, सरिता भण्डारी, कमला तिम्सिना, ललिता चापागाईं, प्रभा ढकाल र लिला भूर्तेल चयन हुनुभएको छ भने पूर्व अध्यक्ष इन्दिरा पौडेल र आशा पोखरेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।

सोही साधारण सभाले वन्दना चापागाईं संयोजक र शिवमाया गौतम तथा इन्द्र माया देवी नेउपाने सदस्य रहेको ऋण समिति र विन्द्या खड्का संयोजक तथा शोभा थामी र अम्बिका पराजुली सदस्य रहेको लेखा समिति पनि पुनर्गठन गरिएको छ। अध्यक्ष गौतमको सभापतित्व र सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा सुवेदीको प्रमुख आतिथ्यमा भएको साधारण सभाले आर्थिक वर्ष २०७७ /२०७८को आय व्यय अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आय व्यय तथा नीति तथा कार्यक्रम अध्यक्ष तथा सचिवले प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा प्रमुख अतिथि सुवेदी, ६नं.वडाअध्यक्ष प्रेम बरूवाल, सामाजिक व्यक्तित्व राजेन्द्र चापागाईं, संचारकर्मी दिपक अधिकारी र लेखनाथ परदेशी तथा इन्दिरा पौडेल र शान्ता बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सचिव अनिता अधिकारीले संचालन गरेको साधारण सभामा स्वागत मन्तव्य सहसचिव शुशीला गौतमले राख्नुभएको थियो।

साधारण सभामा बिगतमा जस्तै चलिबेटी साकोसले शारदा आधारभूत विद्यालयका छात्र छात्रालाई खाजा खर्च,SEE मा उत्कृष्ट हुने शेयर सदस्य सन्तति र जेष्ठ नागरिकलाई सम्मान तथा असल ऋणीलाई पुरस्कृत गरेको जनाइएको छ।

२०७८/८/१८ गते १२ बजे सतमिलन समूह भवनमा सतमिलन महिला समुहको आयोजनामा १६ दिने महिला हिंसा बिरुद्ध सचेतना कार्यक्रम गरिएको छ।
कार्यक्रमको अध्यक्ष यशोदा कोईराला ,प्रमुख अतिथि जीवनकुमारश्रेष्ठ,अतिथिहरु नगर उपप्रमुख चन्द्रा श्रेष्ठ ,मित्रा भट्टराई ,बिभा पासवान,मञ्जु पोखरृल र गंगाप्रसाद श्रेष्ठ ,साबित्रा नेउपाने,लता खरेल,तारा भुर्तेल,जिवनकला राउत समेतको उपस्थिति रहेको छ । स्वागत सरस्वता श्रेष्ठ ,संचालन मेनका दहालले गर्नुभएको छ।

131 thoughts on “चन्द्रकला गौतम चेलिबेटी साकोसको अध्यक्षमा पुनः निर्वाचित”
  1. Эта статья полна интересного контента, который побудит вас исследовать новые горизонты. Мы собрали полезные факты и удивительные истории, которые обогащают ваше понимание темы. Читайте, погружайтесь в детали и наслаждайтесь процессом изучения!
    Получить дополнительную информацию – https://medalkoblog.ru/

Leave a Reply to buy-bm.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *