• Tue. Jul 22nd, 2025

गोमेन्द्र’–मा चालू शैक्षिक सत्रदेखि एआई र बीए.एलएलबी

BySaptahik Samachar

३१ असार २०८२, मंगलवार ०७:११ ३१ असार २०८२, मंगलवार ०७:११ ३१ असार २०८२, मंगलवार ०७:११

भद्रपुर ३१,असार / झापा जिल्लाको शैक्षिक हब मानिने बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले बी.टेक इन् आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अध्यापन गराउने भएको छ ।
विद्यार्थीहरूलाई आधुनिक समयानुकूल शिक्षा प्रदान गराउने हेतुले सो महाविद्यालयले यसै वर्षको शैक्षिक सत्रदेखि एआई सम्बन्धी सो कक्षाका साथै स्नातक तहमा कानून विषयक कक्षा सञ्चालन गर्न लागेको हो ।
   यही असार २८ गते सो महाविद्यालयले पत्रकार सम्मेलन गरी ती दुई नयाँ पाठ्यक्रम शुरु गर्न लागेको जानकारी दिएको हो । महाविद्यालयका प्राचार्य डा. रूपकप्रसाद खनालका अनुसार, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआई कोर्षमा ४८ जना विद्यार्थीको कोटा रहेको, सो कोर्ष ८ वटा सेमेष्टरमा पढाइ हुने र अध्ययन शुल्क ६ लाख २३ हजार रुपैयाँ तय गरिएको छ ।
एक पटकमा ४८ जना विद्यार्थीलाई कम्प्युटर प्रयोगशालामा सिकाउन सक्ने व्यवस्था अनुरुप एआई. कक्षााका लागि कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, आइटीओ ल्याब लगायतका ल्याबको व्यवस्था गरिएको महाविद्यालयले जनाएको छ ।
वि.स. २०५३ मा स्थापित सो कलेजमा बीसीए इन् आइटी, बीबीए, एमबीए, एमसीए, एमसीए इन् आइटी.को पढाइ हुँदै आएको छ ।
बीए–एलएलबी. पनि सञ्चालन हुँदै गोमेन्द्र बहुमुखी महाविद्यालयका सञ्चालकहरूद्वारा स्थापित जीएम कलेजले समेत यसै शैक्षिक सत्रबाट नयाँ कोर्ष बीए. एलएलबी समेत अध्यापन गराउने भएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा प्लस–टूमा जुनसुकै विषय पढेका विद्यार्थीले अध्ययन गर्न पाउनेगरी अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भूर्तेल खनालले जानकारी दिनु भयो ।
जम्मा ५ वर्षमा १० वटा सेमेष्टरको बीए–एलएलबी पढ्न ६ लाख शुल्क लाग्ने जनाएको कलेजले सो कोर्षका लागि ४० जनाको विद्यार्थी कोटा रहेको बताएको छ ।
सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्यामध्ये कमजोर आर्थिक अवस्था भए पनि अध्ययन गर्न इच्छुक १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, सेमेष्टर–टप एक जनालाई पूर्णतः छात्रवृत्ति प्रदान गरिने पनि जनाइएको छ ।
कोशी प्रदेशमै संस्थागत शिक्षालय तर्फ सर्वप्रथम बिर्तामोडस्थित जीएम कलेजले कानूनी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर बीए. एलएलबी अध्ययन–अध्यापन शुरु गर्न लागिएको सञ्चालक डा.खनालले जानकारी दिनुभयो ।
अदालतमा जस्तै अभ्यास गर्न सक्नेगरी कानूनका विद्यार्थीलाई प्रयोगात्मक रुपमा अध्यापन गराउनका लागि कलेजले एक इजलास कक्ष पनि तयार गरेको छ ।
त्यसैगरी, दुबै संकायका पाठ्यक्रम अनुसारका पुस्तक प्रत्येक विद्यार्थीलाई पुस्तकालयबाट उपलब्ध गराइने कार्यक्रमका सहजकर्ता एवम् महाविद्यालयका बीबीए को–अर्डिनेटर शेखर पाण्डेले गर्नुभएको थियो ।
यस अघि यसै प्रदेशमा मोरङको हात्तीमुडामा अवस्थित कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले मात्र गत पूसदेखि नयाँ नमूना पाठ्यक्रममा आधारित भएर कानूनमा स्नातक तह बीबीए–एलएलबी. र स्नातकोत्तर तर्फ अपराध शास्त्रमा एलएलएम.को पढाइ शुरु गरेको थियो ।दुबै संकायका प्रत्येक विद्यार्थीका लागि ३ लाख रुपैयाँको दुर्घटना बीमा र प्रत्येक सेमेष्टरमा कार्यशाला आयोजना गरिने पनि प्रेस–मीटमा जानकारी दिइएको थियो । 

One thought on “गोमेन्द्र’–मा चालू शैक्षिक सत्रदेखि एआई र बीए.एलएलबी”
  1. Need top-notch roof installation in Lancaster? Roof Installation Pros delivers professional services with a skilled team ready to handle all roof types. Their work is reliable, durable, and adds value to your home—trusted by many for timely and budget-friendly roofing solutions.

Leave a Reply to Roof Installation Lancaster Cancel reply

Your email address will not be published. Required fields are marked *