• Sun. Sep 8th, 2024

गुरू मंगलदासको स्मृतिमा सम्मान कार्यक्रम

BySaptahik Samachar

१९ बैशाख २०७९, सोमबार ०६:२६ १९ बैशाख २०७९, सोमबार ०६:२६ १९ बैशाख २०७९, सोमबार ०६:२६

भद्रपुर १९ वैशाख / अन्तर्राष्ट्रिय श्रमिक दिवस २०७९ तथा गुरुजी मङ्गलदासकाे ३७ औं स्मृति दिवसका अवसरमा भद्रपुरमा आइतबार सम्मान कार्यक्रम गरिएको छ।मङ्गल सेवा समिति, भद्रपुर झापाकाे आयाेजनामा भद्रपुरको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
भद्रपुर ८ निवासी स्व.गाेपालदास खनालले गुरुजीकाे स्मृतिमा स्थापना गरेकाे सम्मान तथा पुरस्कारबाट यो वर्ष झापा अर्जुनधारा निवासी श्रमिक रमेश पाेखरेल र गुरुकुलका आवासीय गुरु दामाेदर दाहाललाई सम्मान गरिएको पुरस्कार संस्थापक अनिता खनालले जानकारी दिनुभयो। उहाँहरूलाई सम्मान पत्र, दाेसल्ला र नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।
पुरस्कार संस्थापक खनालकाे अध्यक्षता र श्रीकृष्ण द्वैपायन गुरूकुल वेदविद्याश्रमका अध्यक्ष रेमनाथ चुडालकाे प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा प्रेमप्रसाद अधिकारी, नरेन्द्र तिम्सिना र प्रमुख अतिथि चुडालले मजदुर दिवस र गुरुमहिमाका बारेमा मन्तब्य राख्नुभएको थियो । गाेपाल आचार्य र ताेया सिटौलाले सम्मान पत्र वाचन गरेको सो कार्यक्रममा मङ्गल सेवा समितिका तिलक गजुरेलले स्वागत र गुरूकुलका बटुकहरूले स्वस्तिवाचन गरेका थिए।

One thought on “गुरू मंगलदासको स्मृतिमा सम्मान कार्यक्रम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *