• Sat. Aug 2nd, 2025

गुरू पूर्णिमा तथा व्यास जयन्तीमा गुरू र दाता सम्मान

BySaptahik Samachar

२६ असार २०८२, बिहीबार १६:२४ २६ असार २०८२, बिहीबार १६:२४ २६ असार २०८२, बिहीबार १६:२४

भद्रपुर २६, असार / गुरू पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा श्री कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमले गुरू तथा दाताहरुलाई सम्मान गरेको छ। भद्रपुर ६ मा रहेको गुरूकुलले भद्रपुर नगर‌पालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र अध्यक्ष शान्ता वरालको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा गुरूहरू तेजनाथ घिमिरे, टहलदास अधिकारी र त्रिपुरा राय क्षत्रीलाई  नगद, प्रमाण-पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्राध्यापकहरू, प्रधानाध्यापक र शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
  त्यस्तै, गौरीशंकर भजन समूह भद्रपुर-९, दुर्गा माता उपास‌ना समूह भद्रपुर-१० र महेशलाल राजवंशी भद्रपुर-६ लाई नगदसहितको ब्यास पुरस्कार प्रदान गरिएको थियो। व्यास पुरस्कारको स्थापना समाजसेवी तथा धार्मिक व्यक्तित्वहरू गणेशप्रसाद + शकुन्तला भट्टराई र दीनबन्धु-उषादेवी गोयल दम्पतीले गर्नुभएको हो।

त्यसैगरी, गुरूकुलबाट SEE मा उत्तीर्ण हुने विद्यार्थी र दाताहरूलाई पनि सम्मान गरिएको सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल , उपप्रमुख राधा कार्की र गुरूकुलकी उपाध्यक्ष शारदा ओलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । गुरूकुल व्यवस्थापन समितिका प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टराईले  स्वागत मन्तव्य राखेको सो सम्मान कार्यक्रमको सञ्चालन वेदविद्याश्रमका प्राचार्य महेन्द्र भट्टराईले गर्नु भएको थियो ।

One thought on “गुरू पूर्णिमा तथा व्यास जयन्तीमा गुरू र दाता सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *