● होम सुवेदी
बिलाउँदै गाे हिमाल मेराे रहेन उच्चा र अग्लिएकाे
समग्र मेराे स्वदेश ऐले हिमाल जस्तै छ पग्लिएकाे ।
कुना कुनाका विभिन्न ढिस्का हिमाल झैं जुर्मुराउँदै छन्
अनेक थुम्का उठे त्यसैले स्वदेश मेराे छ एक्लिएकाे ।।
समानताका र स्वच्छताका विभिन्न अावाज घन्कँदै छन्
तथापि नङ्ग्रा तिखा तिखाले अझै छ याे देश नङ्ग्रिएकाे ।
अखण्ड जस्काे विभक्त पारे चुसेर मेची लुछेर काली
म देख्छु मेराे स्वदेश ऐले बिरामी जस्ताे छ जिङ्ग्रिएकाे ।।
थुनेर नाका र झेली बाधा विपत्ति लाखाैं सहेर आयाे
कहाली लाग्दाे अतीत छाेड्दै छ बल्ल याे देश तङ्ग्रिएकाे ।
हिमाल हाेस् वा तराई हाेस् वा स्वदेश मेराे स्वदेश नै हाे
नपार मैलाे नपार गन्दा म हेर्छु कर्णाली सङ्लिएकाे ।।
I just like the helpful information you provide in your articles
Hello. excellent job. I did not imagine this. This is a fantastic story. Thanks!
Simply a smiling visitant here to share the love (:, btw outstanding pattern.
me encantei com este site. Para saber mais detalhes acesse nosso site e descubra mais. Todas as informações contidas são informações relevantes e exclusivas. Tudo que você precisa saber está ta lá.