• Sun. Jun 1st, 2025

क्रिकेट खेलाडीहरुलाई वडा कार्यालयको सहयोग

BySaptahik Samachar

९ पुष २०८१, मंगलवार १६:५६ ९ पुष २०८१, मंगलवार १६:५६ ९ पुष २०८१, मंगलवार १६:५६

अभिषेक खतिवडा

हल्दिबारी ९,पुस / झापा,हल्दिबारी गाउँपालिकाको ३ ननम्बर वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेलकुद सामग्री उपलब्ध गराएको छ ।
   खेलाडीहरुलाई प्रशिक्षणका लागि र बाह्य  प्रतियोगिताहरुमा खेल्नका लागि वडा कार्यालयले क्रिकेटको आवश्यक एक सेट सामग्री प्रदान गरेको वडा कार्यालयका सचिव राजन खतिवडाले बताउनु भएको छ ।
   वडाको युवा सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा भित्र क्रिकेट खेलको विकास तथा सम्वर्धन गर्ने हेतुले वडा कार्यालयले ढडुवा युवा क्लब परिवारलाई सामग्री प्रदान गरेको हो। वडा कार्यालयले ढडुवा युवा क्लब परिवारलाई सामग्री हस्तान्तरण गरे पछि क्लबले पनि खेलाडीहरुलाई ती सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने (गोपाल) ले जानकारी दिनु भएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बिष्णु ओली , वडा सदस्यद्वय अजितकुमार बिष्ट र कर्ण भण्डारी तथा क्लबका अध्यक्ष कुलबहादुर (गोपाल) न्यौपाने र खेलाडीहरुको उपस्थिति रहेको थियो। खेलाडीहरुको मनोभावना बुझेर सहयोग गरेकोमा खेलाडीहरुले वडा कार्यालय र क्लबलाई धन्यवाद प्रकट गरेका थिए। क्लबले वडा भित्रको खेलकुद क्षेत्रको विकासका लागि साविक जलथल १ नं वडामा क्रिकेट मैदान मर्मत गराएर अभ्यास समेत गरिरहेको बुझिएको छ ।

114 thoughts on “क्रिकेट खेलाडीहरुलाई वडा कार्यालयको सहयोग”

Leave a Reply to Ankara Escort Directory Cancel reply

Your email address will not be published. Required fields are marked *