• Thu. Dec 4th, 2025

क्याटरपिलरको प्रकोपले चिया बगान नै नष्टः उत्पादनमा ह्रास

BySaptahik Samachar

३ श्रावण २०८२, शुक्रबार २१:१७ ३ श्रावण २०८२, शुक्रबार २१:१७ ३ श्रावण २०८२, शुक्रबार २१:१७

प्राविधिकसहित हल्दिबारीका जनप्रतिनिधिबाट स्थलगत अनुगमन

भद्रपुर २, साउन / झापा हल्दिबारी गाउँपालिका क्षेत्रभित्रका चिया बगानहरूमा लुपर (लुफर) नामक पात खाने किराले चियाको बोटमा ठूलो क्षति पुर्‍याएको छ । किराले चियाको हरियो पात खाइ दिएर उत्पादनमा ह्रास आएको चिया कृषकले बताएका छन्।
    असार – साउन सवैभन्दा बढी हरियो पत्ति उत्पादन हुने महिना भए पनि बैशाख जेठबाटै शुरू भएको झुसिल्किरा प्रजातिको क्याटरपिलर भनिने लुपर किराले पात खाइदिएर बगानमा हरियो पत्ती नै साफ पारेको छ ।

हल्दिबारी-३ बाघडाँडामा चिया बगान ठेक्का लिएका अजय राजवंशी भन्छन्- ” बगानबाट यो वर्ष उत्पादन लिन सकिएन। प्राविधिकको सल्लाहमा किराको औषधि प्रयोग गर्दा पनि जब्बर किराले औषधि नै पचाए। ” औषधिको प्रयोगले कम होला भन्यो, एक दुई दिनमा अझ फैलिएर आएकाले यो सिजन त्यतिकै गयो उनी भन्छन्। हरियो पात खाइ दिए पछि चियाको बोट नै अहिले झिक्रामा परिणत भएको छ,त्यस माथि असार महिनाको खडेरीले बोट नै मर्न थालेको देखिन्छ।

चियाका बोटहरू पहेँलो, कालो भएपछि चिया कृषकहरूको समस्या बुझ्न शुक्रबार हल्दिबारी गाउँ पालिकाको टोलीले किसानको बगान निरीक्षण गरेको थियो। चिया किसानको आग्रहमा गाउँ पालिकाका प्रमुख रविन्द्र लिङ्देन,प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’ समेत कृषि प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो। उत्पादन त घट्यो नै, औषधिमा खर्च पनि बढ्यो ,त्यति गर्दा पनि बोट नै मर्ने अवस्थाले चिया किसान बढी नै चिन्तित देखिएका छन्।

11 thoughts on “क्याटरपिलरको प्रकोपले चिया बगान नै नष्टः उत्पादनमा ह्रास”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to MM88 Cancel reply

Your email address will not be published. Required fields are marked *